मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसपटक मेरो उम्मेद्धारी भोट हाल्न मात्रै होईन् : महाधिबेशन प्रतिनिधीका उम्मेद्धार ताम्राकार

यसपटक मेरो उम्मेद्धारी भोट हाल्न मात्रै होईन् : महाधिबेशन प्रतिनिधीका उम्मेद्धार ताम्राकार

अछामी जनताका परिमर्कामा साथ दिन सधैँ क्रियाशिल रहनेछु : कांग्रेस नेता ताम्राकार


नेपाली कांग्रेस अछामका नेता तथा पूर्व महाधिबेशन प्रतिनिधी अर्जुन ताम्राकार । २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा भएको पहिलो जनआन्दोलन बिद्यार्थी हुदाँ नेविसंघबाट राजनितिक यात्रा प्रारम्भ गरे । २०४६ सालमै टिकापुरमा कांग्रेस नेता रामसमच चौधरीबाट नेविसंघको सदस्यता प्राप्त गरेका नेता ताम्राकारले नेबिसंघ ईकाईको सभापती भएर काम गरे । तत्कालिन समयमा टिकापुरमा कजेल नहुदाँ उनि अछाम फर्केर जनता बहुमुखी क्याम्पसमा पढाई सुरु गरे ।

अछाम आईसकेपछि नेपाली कांग्रेसमा आवद्ध भएर काम गरेका उनि २०४९ सालमा नेपाली कांग्रेस चण्डीकाको गाँउ ईकाईको सचिव भए । २०५३ सालमा नेपाल किसान संघको सचिव हुदैँ २०५६ सालमा नेपाली कांग्रेस अछामको जिल्ला सदस्य भए । २०५६ साल देखि नै २०६२ सम्म नेपाल दलित संघ अछामको सभापती पनि भए । २०६/६३ को जनआन्देलनमा अछाममा नेपाली कांग्रेस भित्र रहेका दलितहरु मध्येबाट उनि मात्रै अछामको हिरासतमा बसेको थिए अरु क्षेत्रबाट २२ जना नेताहरु थिए । दलित समुदायको तर्फबाट हिरासतमा पर्ने उनि एक्लो व्यक्ती थिए ।

२०६६ सालमा नेपाल दलित संघको केन्द्रिय सदस्य मनोनित भएका नेता ताम्राकार नेपाली कांग्रेसको १२ आँै महाधिबेशनमा अछामबाट केन्द्रिय महाधिबेशन प्रतिनिधी निर्वाचित भएका थिए । १४ औँ महाधिबेशनमा पनि आफुलाई केन्द्रिय महाधिबेशन प्रतिनिधीका रुपमा अघि सारेका नेता ताम्राकारको राजनितिक यात्रा, पार्टीका लागि गरेको योग्दान र महाधिबेशन केन्द्रित बिषयमा सुदूरआजले गरेको कुराकानी

अछामी जनताका मर्कामा साथ दिन सधैँ क्रियाशिल रहनेछु : कांग्रेस नेता ताम्राकार

सुदूरआजमा यहाँलाई हार्दिक स्वागत छ ।

धन्यवाद, जयनेपाल ।

तपाई ३ दशक बढी देखि कांग्रेसको राजनिति यात्रामा हुनुहन्छ, यो अवधिमा के कस्ता उपलब्धी हासिल भए जस्तो लाग्छ ?

राजनितिक रुपमा उपलब्धी त थुप्रै उपलब्धी भएका छन् । पहिलो र दोेश्रो जनआन्दोलनमा हामी जनता कै लागि आन्दोलनमा होमिएका थियौँ । म दोश्रो जनआनेलनका क्रममा गिरफ्तार पनि भँए । तर हामीलाई यति सजिलै गणतन्त्र आउला भन्ने बिश्वास थिएन । पार्टीले आन्दोलन सुरु गरेपछि हामीले जानुनै पर्ने थियो । त्यसबेला मैले बुवा र दाईलाई भनेको थिँए, मेरो परिवार हेरिदिनुहोला म चाँही आन्दोलनमा गँए भनेर, त्यस बेला मेरो एक छोरा भईसकेको थियो । जनआन्दोलनमा होमिने बेला म त पार्टीले बोलाएपछि जानुपर्ने हुन्छ राजाको सेनाले हामीलाई जुनसकै बेला पनि जे पनि गर्न सक्छ त्यस भएका कारण परिवारको हेरचाच गरिदिनुहोला भनेको स्मरण ताजै जस्तो लाग्छ । पछि देशभरी आन्दोलन सफल भयो । जसका कारण हामीले अहिले गणतन्त्रको अनुभुती गर्न पाएका छौँ ।

यत्रो लामो समय कांग्रेसको राजनितिमा सक्रिय रहनु भयो । देशमा विभिन्न राजनितिक परिर्वतन पनि भए, यो अवधिमा कुनै लाभको पद पनि लिएन भन्नु भयो, आफै ईच्छा राख्नु भएन की पार्टीले तपाईको मुल्यांकन गर्न सकेन ?

लाभ भन्नाले पैसा मात्रै होईन एक प्रकारको सम्मान हो । सम्मानित पदका लागि पछि हट्ने कुरै थिएन । ईच्छा पनि व्यक्त गरे, पार्टीका नेताहरु संग सहयोग पनि माँगे । तर पार्टीले सांगठनिक रुपमा गरेको काम, समय र संर्घषको मुल्यांकन गर्न सकेन जस्तो लाग्छ । म ३२ बर्ष बढी देखि निष्ठा, त्याग, ईमान्दार र सर्मपणका साथ स्वार्थ रहित कांग्रेस अछामको राजनितिमा सक्रिय भएको मान्छे हुँ र आगमी दिनमा पनि मेरो सक्रियतामा कुनै कमी आउदैन् ।

नेबिसंघ हुदैँ बिभिन्न चरण पार गरेर पार्टीमा आएको मान्छे म झुटो बोल्न चाहान्न् पार्टी, जनता र समाजका लागि हिजो पनि क्रियाशिल थिएँ, आज पनि छु र भोली पनि हुनेछु, ईमान्दार भएर खट्नेछु, जनताका पिर मर्कामा साथ दिएर अघि बढ्ने प्रण गर्दछु ।

लामो समय पार्टीमा क्रियाशिल हुनुभयो यो अवधिमा के पाँए, के गुमाँए जस्तो लाग्छ ?

मैले पाँए जस्तै ठानेको छु । यो कतिपय कुरा कस्तो देखिन्छ भने माननिय पनि पाईएा मन्त्री पनि पाईयला आखिर ति केही समयको लागि हो । पाउने कुरा के हो भन्दा पहिलो जनआन्दोलनमा म २०४६ सालमा होमिए प्रजातन्त्र पायौँ । दोश्रो जनआन्दोलनमा होमिए गिरफ्तार पनि भँए लोकतन्त्र पायौँ । लोकतन्त्रमा जनताको छोरा राष्ट्रपति हुन्छ, प्रधानमन्त्री हुन्छ, प्रधानन्याधिस हुन्छ भन्ने कुराको जुन अनुभुति मिलेको छ त्यो नै मेरो लागि ठुलो हो । मैले व्यक्तीगत रुपमा के पाँए भन्दा पनि सिंगो राष्ट्रले के पायो, हाम्रो समाजले के पायो भन्ने कुरामा बढी ख्याल राख्नुपर्छ भन्ने मेरो मान्यता छ ।

तपाई त पार्टी संगै सिंगो दलित समुदायको पनि नेतृत्व गरिराख्नु भएको छ, आगामी दिनमा पार्टीले कसरी मुल्यांकन गर्नुपर्छ जस्तो लाग्छ ?

सबैकुरा एकैपटक यस्ता खालका समस्या समाधान हुन्छन्, पार्टीले गरिहाल्छ होला भन्ने आशा त झिनो नै छ । तरपनि संगठनमा बिग्रेका कतिपय कुरालाई सुधार गर्दै जाने कुरा हुन्छ । ति कुरामा नेतृत्व तहमा पुगेका व्यक्तीले सोच्नु पर्दछ । पार्टीमा नितिगत रुपमा कार्यान्वयन र सही मुल्यांकन गर्ने परिपाटी बसेमा दुख गरेका साथिहरुलाई सम्मान गर्न सकिन्छ जस्तो लाग्छ । आफ्नै पार्टी भित्रको साथिलाई कसले कस्लाई कसरी सक्ने खालको परिपार्टी बन्यो त्यसले गर्दा सही मुल्यांकन हुन सकेन । त्याग र निष्ठाको राजनितिको पाठ अग्रज नेता स्व. किसुन जि र गणेमान बाट सबै नेता कार्यकर्ताले सिक्नुपर्ने बेला भएको छ । त्यसलाई संस्कारको रुपमा परिणत गर्न आवश्यक छ ।

कांग्रेस देशैभर १४ औँ महाधिबेशनको सेरोफेरोमा छ, यसअघि पनि तपाई महाधिबेशन प्रतिनिधी हुनु भयो, यसपटक पनि महाधिबेशन प्रतिनिधीका रुपमा अघि सर्नुभएको छ, तपाईको उम्मेद्धारी के का लागि ?

जब राजनिति सुरुवात गरियो पछि गएर बिस्तारै परिपक्क हुदैँ गईने रहेछ । पार्टीमा दलित समुदायबाट प्रतिनिधीमा जान पाउन पर्छ भन्ने मान्यता त म राख्दिन तरपनि यो बिभिन्न समुदायबाट समाबेशी अवधारणाबाट सबै समुदायका मानिसहरु केन्द्रिय कमिटीमा जाने बिधान छ हाम्रो पार्टीमा । त्यो बिधान भएका नाताले नेबिसंघको ईकाई सभापति, किसान संघको सचिव, दलित संघको सभापति, पार्टीको जिल्ला सदस्य, केन्द्रिय सदस्य, महाधिबेशन प्रतिनिधी लगायतका पदमा रहेर काम गरे ३२ बर्ष पार गरियो ।

पछिल्लो समय केन्द्रका नेताहरुले पनि तपाई जिल्लाबाट आउनस् अहिले पार्टीमा हरेक क्षेत्र बर्ग र समुदायको प्रतिनिधीत्व गराईनेछ भनेका कारण यो पटक भोट हाल्नका लागि मात्र प्रतिनिधी नभई केन्द्रमा पनि उम्मेद्धारी दिने हिसावले म महाधिबेशन प्रतिनधिको उम्मेद्धारका रुपमा अघि सरेको छु । सिंगो अछामका दलित समुदायको सवालमा, विपन्न, गरिबीको रेखामुनी रहेका वर्ग, जातिय बिभेदमा परेकाहरुको मुक्ती र न्यायका लागि लाग्नेछु । पार्टीका कार्यकर्ताका हरेक दुखलाई मलह लगाउन सम्रग अछाम र अछामी जनताका पक्षमा काम गर्न मेरो उम्मेद्धारी रहनेछ ।

३ दशक बढी देखि निष्ठा, त्याग, ईमान्दार र सर्मपणका साथ स्वार्थ रहित राजनितिमा सक्रिय भएको मान्छे हुँ । मलाई आफैमा पदको लोभ भएन त्यो पार्टीले मुल्यांकन गर्ने कुरा हो । कांग्रेस अछामको लागि मेरो सक्रियतामा कुनै कमी आउदैन् ।

तपाईले महाधिबेशन जितेपछि बिषेश गरेर अछाम कांग्रेसका लागि कसरी खट्नुहुन्छ, जनता र कार्यकर्ताका पक्षमा के के काम गर्नु हुन्छ ?

अछाम कांग्रेसबाट अहिले सम्म केन्द्रिय कमिटीमा एक जना पनि पर्न सकेका छैनन् । पहिलो कुरा त यसपटक केन्द्रिय कमिटी नै पहिलो लक्ष्य हुनेछ । दोश्रो कुरा दलितको तर्फबाट केन्द्रिय कमिटीमा परेको खण्डमा सिंगो अछामको र कांग्रेसको समेत अछामको प्रतिनिधत्व पाएको महसुश हुन्छ । त्यसपछि दलितका पिरमर्का, हकहित र समग्र पार्टीका बिषयमा कुरा राख्न सहज हुन्छ । कांग्रेसलाई राम्रो प्रभाव पर्छ भन्ने मेरो बुझाई छ । अहिले सम्म जनता र पार्टीकै पक्षमा सर्मपित भएको मान्छे म सधैँ क्रियाशिल रहनेछु ।

पछिल्लो समय युवाहरुको आर्कषण पार्टीमा बढेको छ, युवा र पाका नेताका बिच प्रतिष्पर्धा हुने देखिएको छ, यसलाई कसरी हेर्नु भएको छ ?

युवाको सक्रियता बढ्नु पार्टीको लागि सबल पक्ष हो । म यसको स्वागत गर्छु । युवा र पाका नेताको समिरकणबाट संगठन बलियो हुन्छ । त्यसलाई मिलाएर अघि बढ्नुपर्छ । अर्को रह्यो प्रतिष्पर्धाका कुरा । त्यसका लागि त प्रतिनिधीले बुझ्नु पर्यो, कुन व्यक्ती कुन ठाँउमा उपयूक्त हुन्छ । कसले कति काम संगठनका लागि गर्यो भनेर सही मुल्यांकन गर्ने भनेको ठाँउ नै अधिबेशन हो ।

कांग्रेसमा धेरै जसो गुटउपगुट भएको सुनिन्छ, यसबाट कांग्रेस अछामलाई मुक्त गर्न के गर्नु पर्ला ?

गुटुको बारेमा म थोरै बोल्न चाहान्छु । यसरी बोलिरहदाँ भोट कम र बढी हुने पनि होला । तरपनि म के भन्न चाहान्छु भने गुट भनेको गोली होईन बोली हो । बोली भनेको स्वभाव हो । स्वभाव राम्रो भएको ठाँउमा बढी मान्छे हुन्छन्, बढी मान्छे भएको गुट नै अगाढी आउने कुरा हो । गुट भनेको गोली हो त्यो हानेर मान्छे नै सक्ने हिसाबले हामी जानु हुदैन् । गुट भनेको मन मिल्नेहरुको समुह न हो, पार्टीको आन्तरिक चुनाव भएपनि प्रतिष्पर्धा गर्नु नै लोकतन्त्रको सुन्दर पक्ष हो । त्यसैले गुटलाई म ठुलो खाडलको रुपमा लिन चाहान्न् । हामी वडा, पालिका, जिल्ला र प्रदेशमा गुट गर्दैनौँ तर केन्द्रमा त गुट भईहाल्छ नि त । त्यो भनेको गोली त होईन नी । त्यसलाई ठुलो रुपमा लिनुपर्छ भन्ने मलाई लाग्दैन् ।

पार्टीमा हरेक क्षेत्र, बर्ग र समुदायको प्रतिनिधीत्वका साथै म यसपटक भोट हाल्नका लागि मात्र नभई केन्द्रमा पनि उम्मेद्धार रहने हिसावले महाधिबेशन प्रतिनधिको उम्मेद्धारका रुपमा अघि सरेको छु । म सिंगो अछामी जनता, पार्टी कार्यकर्ता, दलित समुदाय, विपन्न वर्ग तथा जातिय बिभेदमा परेकाहरुको मुक्ती र न्यायका लागि लाग्नेछु ।

महाधिबेन प्रतिनिधीको उम्मेद्धार हुनुहुन्छ, जो चुनिएर क्षेत्रिय प्रतिनिधी आएका छन् उनिहरुलाई के भन्न चाहानुहुन्छ ?

म पनि एक दलित समुदायको छोरा हुँ । पार्टीमा सक्रिय भएको ३ दशक पुरा भयो, नेविसंघ देखि पार्टीमा सक्रिय भएर लागेको छु । म आफुलाई छुट्टै दलित लिडरको रुपमा पनि उभ्याउन चाहान्छु । त्यसो किन भन्दा त कोही पार्टीमा लागेको ३० बर्ष पनि नाघेको होलान् तर मेरो जस्तो नेविसंघबाटै उनिहरुको राजनिति सुरुवात भएको छैन् । र कसैले नेविसंघबाट सुरु गरेपनि मेरो जस्तो ३० बर्ष पार भएको छैन् । त्यसकारण म अरु भन्दा फरक भएको पाँउछु । म पार्टीमा बिभिन्न चरण पार गरेर आएको मान्छे हु । म झुटो बोल्न चाहान्न् पार्टी, जनता र समाजका लागि हिजो पनि क्रियाशिल थिएँ, आज पनि छु र भोली पनि हुनेछु, ईमान्दार भएर खट्नेछु, दुख पिर मर्कामा साथ दिनेछु भन्ने बचन बद्धता तपाईको सुदूरआज मार्फत सबैलाई दिन चाहान्छु । कांग्रेस अछामका नेता कार्यकर्तालाई पनि त्यो कुरा थाह छ त्यहि किसमले सहि मुल्यांकन गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु ।

अन्त्यमा अबको अछाम कांग्रेस कस्तो हुनुपर्छ ?

अबको नेतृत्व कस्तो हुनुपर्छ भन्दा जिल्लामा बसेर जनताका पिर मर्का बुझ्ने, गाँउठाँउमा दोड्निे खालको नेतृत्व आवश्यक हुन्छ । हरेक ठाँउबाट हरेक व्यक्तीको महत्व त होला तर अछामको संगठन बनाउनका लागि पार्टीको जिल्लामा नेतृत्व गर्दा त अछाममै बस्नुपर्छ । अछामी जनताका दुखमा साथ दिनुपर्छ । यस्तो खालमो नेतृत्वको खाँचो देख्छु मैले ।