मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

टीकाको दोस्रो दिन : आज पनि मान्यजनबाट टीका र जमरा लगाइँदै

सुदूर आज

काठमाण्डाै –  दशैँको टीकाको आज दोस्रो दिन । हिजो अर्थात विजया दशमीको दिनमा टीका लगाउन छुटेकाहरूले आज पनि आफ्ना मान्यजन र आफन्तहरूबाट टीका थापेर आर्शीवाद लिने गर्छन् ।

साथै दशैँमा टाढा–टाढाका आफन्तजनहरू पनि समयमानै सकेसम्म सबै आफन्तहरू कहाँ पुग्ने गर्दछन् । आजदेखि टाढाका आफन्तसँग टीका थाप्न जान चटारो नै हुने गर्दछ । घटस्थापनाका दिन दशैँ घरमा विधिपूर्वक स्थापना गरी दुर्गा भवानीको पूजा–आराधना गरिएको टीका, जमरा र प्रसाद पूर्णिमासम्म नै आफूभन्दा ठूलाको हातबाट थापेर आशीर्वाद लिने गरिन्छ ।

आफूभन्दा अग्रज मान्यजनहरूको हातबाट टीका ग्रहण गर्दा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने विश्वास रही आएको छ । ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने दशैँलाई, आपसी सद्भाव मित्रता र पारस्परिक विश्वासको रूपमा लिने गरिन्छ ।