मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेन्नईले कोलकातालाई दियो १९३ रनको लक्ष्य

चेन्नईले कोलकातालाई दियो १९३ रनको लक्ष्य


काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनल खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई १९३ रनको लक्ष्य दिएको छ । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मेदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९२ रन बनायो । 

चेन्नईका लागि फाफ डू प्लेसिसले ८६ रनको अर्धशतकीय पारी खेले । ५९ बल खलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । 
त्यस्तै मोइन अलीले ३७ रन बनाउँदा रुतुराज गाइक्वाडले ३२ र रोविन उथपाले ३१ रनको योगदान गरे ।

बलिङतर्फ कोलकाताका लागि सुनिल नारायणले दुई विकेट लिए । त्यस्तै शिभम् माभीले एक विकेट लिए । 

तीनपटकको च्याम्पियन चेन्नई चैथोपटक लिगको उपाधि जित्ने योजनामा छ । चेन्नईले अन्तिमपटक सन् २०१८ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि चेन्नईले सन् २०१० र २०११ को सिजन लगातार दुईपटक आईपीएलको उपाधि जितेको थियो । 

चेन्नईले क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । 

यता कोलकाता तेस्रो उपाधि जित्ने योजनाका साथ मैदान उत्रेको छ । कोलकाताले अन्तिमपटक सन् २०१४ मा आईपीएलको उपाधि जितेको थियो । त्यसअघि सन् २०१२ मा कोलकाताले आईपीएलको उपाधि चुम्न सफल भएको थियो ।

कोलकाताले इलिमिनेटरमा बैंगलोरलाई हराउँदै क्वालिफायरमा पुगेको थियो । दोस्रो क्वालिफयरमा कोलकाताले दिल्ली क्यापिटल्सलाई हराएको थियो ।