मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाम घर भएका नेता भण्डारी माओवादी केन्द्रको प्रदेश अध्यक्ष चयन

अछाम घर भएका नेता भण्डारी माओवादी केन्द्रको प्रदेश अध्यक्ष चयन


अछाम : नेकपा माओवादी केन्द्रले सुदुरपश्चिम प्रदेश कमिटी बिस्तार गरेको छ । आईतबार पार्टीले ५ जनालाई प्रदेशको सहईन्चार्ज तोकेको छ ।

जसमा नेप बहादुर चौधरी, रेणु चन्द, बिरभान चौधरी, त्रिलोचन भट्ट र बिना मगरलाई पार्टीले सुदूरपश्चिम प्रदेशको सहईन्चार्ज तोकेको हो ।

यस्तै पार्टीले प्रदेशको अध्यक्षमा यस अघि केन्द्रिय सदस्य रहेका शरद सिंह भण्डारीलाई जिम्मेवारी दिएको हो । अछाम घर भएका भण्डारीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिईएको बताईएको छ । प्रदेश सचिवमा देविलाल चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

यसअघि प्रदेशको ईन्र्चाजको जिम्मेवारी नेता खगराज भट्ट बिनोदलाई दिईएको थियो । यस्तै माओवादी केन्द्रले अछाम जिल्लाको ईन्चार्जका रुपमा झपट साँउदलाई जिम्मेवारी प्रदान गरेको छ ।