मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यस बर्षको पर्वले सबै नेता कार्यकर्ता र जनताको घरमा शुख, शान्ति र समृद्धी मिलोस् : सभापती स्वाँर

यस बर्षको पर्वले सबै नेता कार्यकर्ता र जनताको घरमा शुख, शान्ति र समृद्धी मिलोस् : सभापती स्वाँर


अछाम । नेपाली कांग्रेस अछामका सभापती भरत कुमार स्वाँरले यस बर्षका दशै, तिहार र छठ पर्वले सबै अछामी र देश बिदेशमा रहेका जनताको घरमा शुख, शान्ति र समृद्धी मिलोस् भनेर कामना गरेका छन् ।

नेपाल निजामत कर्मचारी यूनियन अछामले बडा दशैँ, शुभ दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान एवंम चियापान कार्यक्रममा प्रमुख अथिति रहेका सभापती स्वाँरले नेता कार्यकर्तामा एकता, सहमती र सहकार्यको सन्देश दिने गरी काम गर्ने प्रेरणा मिलोस् भनेका छन् ।

एक अर्को प्रसंगमा बोल्दै सभापती स्वाँरले देशका हरेक राष्ट सेवक कर्मचारीले समाज र जनताका पक्षमा अहोरात्र खटेर काम गरेको भन्दै आगामी दिनमा समेत राम्रो का मगर्ने प्रेरणा मिलोस् भनेर कामना गरेका थिए । साथै दिनरात नभिनी खटेर का मगर्ने कर्मचारीलाई हरेक क्षेत्रबाट प्रोत्साहन दिनुपर्नेमा उनको जोड थियो ।

नेपाल निजामती कर्मचारी यूनियन अछामका अध्यक्ष झपट ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व पार्टी सभापति कर्ण केसी, पुष्प शाह, मेघराज खड्का, मेल्लेख गाउँपालिका उपाध्यक्ष धन बहादुर शाही, निजामति कर्मचारी संघ नेपालका केन्द्रीय सचिव जनक रावल लगायतले सुभकामना मन्तब्य राखेका थिए।

अछामका बिभिन्न क्षेत्रमा का मगर्ने नेपाल निजामती कर्मचारी युनियन संग आवद्ध कर्मचारीहरुको सहभागिता रहेको कार्यक्रममा आधीकारीक ट्रेड युनियनका अध्यक्ष गाेविन्द गिरीले स्वागत गरेका थिए भने संचालन निजामति कर्मचारी संघ अछामका सचिव टेक ब सिजापतिले गरेका थिए।