मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशै तिहार जस्ता पर्वले सबै नेता कार्यकर्तामा एकताको सन्देश दिने प्रेरणा मिलोस् : यूवा नेतृ चलाउने

दशै तिहार जस्ता पर्वले सबै नेता कार्यकर्तामा एकताको सन्देश दिने प्रेरणा मिलोस् : यूवा नेतृ चलाउने

सुदूर आज

अछाम । नेपाली कांग्रेस कमलबजार नगरपालिका वडा नं. ६ बिरपथको आयोजनामा बडादशै, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवंम चियापान कार्यक्रम सम्पन्न भएको छ ।

वडा सभापती भिम बहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अथिति महासमिती सदस्य एवंम पञ्चदेवल बिनायक नगरपालिकाका नगर उपप्रमुख अम्बिका चलाउने रहेकी थिइन् ।

प्रमुख अथिति युवा नेतृ चलाउनेले हाम्रा चाडंपर्वले हामी सबैमा सहमती सहकार्य र एकताको सन्देश दिने शुभकामना व्यक्त गरेकी छन् । समाज र जनताका पक्षमा नेता कार्यकर्तालाई काम गर्न बडा दशैँ र तिहारले प्रेरणा मिल्ने उनको भनाई थियो ।

कार्यक्रममा बिशिष्ट अथिति महाधिबेशन प्रतिनिधी सुरत बहादुर बिष्टले १४ औँ महाधिबेशनलाई एकता र सहमतीको महाधिबेशन बनाउन जिल्लाबाटै पहल गर्नुपर्नेमा जोड दिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला कार्य समिती सदस्य राम बहादुर शाह, धिरेन्द्र शाही, क्षेत्रिय सचिव रविन्द्र शाही लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।