मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्याे

भारतबाट १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्याे


काठमाण्डाै – सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ ।

सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन ।

खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप हिजो नेपाल ल्याइएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार हिजो दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थलमा खोप बोकेर आएको जहाज अवतरण गरेको थियो ।

खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी गरेको छ ।