मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

सुदूर आज

काठमाण्डाै – विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनले सन् २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा नेपालले तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको हो ।

यसअघि नेपालको आर्थिक वृद्धि दर अघिल्लो वर्षको भन्दा सुधार नहुने जनाएको विश्व बैंकले नेपालमा कोरोनाविरुद्धको खोपको उपलब्धता, रेमिट्यान्स र पर्यटन क्षेत्रमा देखिएको सुधारको सङ्केतले आर्थिक वृद्धि दर पनि बढ्न सक्ने अनुमान गरेको हो ।

गएको वर्ष नेपालले जम्मा एक दशमलव आठ प्रतिशत आर्थिक वृद्धि दर हासिल गरेको विश्व बैंकको भनाइ छ । चालु आर्थिक वर्ष नेपाल सरकारले भने सात प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष्य राखेको छ ।

दक्षिण एसियाली देशहरूमा यो वर्ष औसतमा सात दशमलव एक प्रतिशत आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ । सबैभन्दा धेरै माल्दिभ्सको ११ प्रतिशत, भारतको साढे सात र बङ्गलादेशकाे ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धि रहने विश्व बैंकको अनुमान छ ।