मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईश्वरी ब्रमकुमारी बिश्व बिद्यालयमा दशैको शुभकामना आदानप्रदान र जमरा राख्ने कार्यक्रम सम्पन्न

ईश्वरी ब्रमकुमारी बिश्व बिद्यालयमा दशैको शुभकामना आदानप्रदान र जमरा राख्ने कार्यक्रम सम्पन्न

सुदूर आज

अछाम । बडा दशै २०७८ को अवसर पारी मंगलसेनमा शुभकामना आदानप्रदान तथा जमरा राख्ने कार्यक्रम भएको छ । ईश्वरी ब्रमकुमारी बिश्व बिद्यालय अछाम शाखाको आयोजनामा कार्यक्रम भएको हो ।

बिद्यालयका प्रमखु कबिता दिदिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा रहेका थिए । प्रमुख अथिति बोहराले बडा दशैँको अवसरमा शुभकामना दिदैँ सबैको घरमा शुख, शान्ती र समृद्धीको कामना गरेका थिए । उनले सबैले सकरात्मक सोच्दै अगाडी बढ्नु पर्ने र गाँउ ठाँउको विकासमा लाग्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्व पत्रकार एवंम नेपाली कांग्रेसका युवा नेता बिनोद कुमार थापाले समाज सेवाको भावले सबैले सकरात्मक भई अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले आफु पनि अब अछाममै बसेर जनता र समाजका लागि काम गर्ने बताए ।

ईश्वरी ब्रमकुमारी बिश्व बिद्यालयले शान्ती र सकरात्मक बाटोमा अघी बढ्न प्रेरणादायी काम गरेको भन्दै यसमा सबैले सक्दो सहयोग गर्नुपर्ने बताए । आफु पनि यसका लागि सक्दो सहयोग गर्ने उनले बचन दिए ।

कार्यक्रममा सहभागीहरुले दशैको शुभकामना व्यक्त गर्दै शुख, शान्ती र समृद्धीको लागि शुभकामना दिएबा थिए । कार्यक्रममा दशैको पहिलो दिन आज दशैको जमरा राख्ने कार्यक्रममा सम्पन्न भएको छ ।

कार्यक्रममा पत्रकार महासंघ अछामका उपाध्यक्ष रमेश रावत, सचिव पूर्ण बहादुर खड्का, पूर्व सचिव होम साँउद, रेडियो रामारोशनका कार्यकारी निर्देशक कृष्ण बुढा, रामारोशन दैनिकका प्रकाशक नरेश कुमार शाही, अछाम बहुमुखी क्याम्पसका हरक सिंह धामी लगायतको सहभागिता रहेको थियो ।