मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज रातिदेखि डीभी आवेदन खुल्दै, पाँच कुरामा ध्यान दिन दूतावासको सुझाव

आज रातिदेखि डीभी आवेदन खुल्दै, पाँच कुरामा ध्यान दिन दूतावासको सुझाव


काठमाडौं । सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन आज (असोज २० गते) राति ९ः४५ बजेबाट खुल्ने भएको छ । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले आवेदन दिँदा पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न र स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।

डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।