मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मंगलसेनमा एक कार्यक्रम सम्पन्न

अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मंगलसेनमा एक कार्यक्रम सम्पन्न


अछाम : अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा मंगलसेनमा एक कार्यक्रम सम्पन्न भएको छ । पिसविन बाजुराको आयोजनामा जिल्लाको सदरमुकामको षोडशा माबीमा कार्यक्रम सम्पन्न भएको हो ।

पिसविन बाजुराको आयोजनामा आधुनिक पुस्ता र हाम्रो पुस्ताका बिषयमा बालिकाहरुका अनुभव आदान प्रदान गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा ५ जना किशोरीहरुले भाग लिएका थिए । उनिहरुलाई आयोजककाो तर्फकाट पुरुस्कार समेत बितरण गरिएको थियो ।

षोडशा माबीका बाल कलबका अध्यक्ष रमित ढुङ्गानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति बिद्यालयका प्रधानाध्यापक मदन बहादुर कुवर रहेका थिए ।

यूएनफपीएका कार्यक्रम संयोजक आस्था रिजाल, सिएमसी नेपालका मनोसामाजिक मनोविर्मश कर्ता पार्वती बोहरा, पिसविन बाजुराका फिल्ड सुपरभाईजर राधा आचार्य ढकाल लगायतको सहभागीता रहेको कार्यक्रमको सञ्चालन बालकलबका सचिब कन्भु बुढाले गरेका थिए ।