मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्यान महासंघ अछामको पाँचौँ बार्षिक साधारणसभा सम्पन्न

क्यान महासंघ अछामको पाँचौँ बार्षिक साधारणसभा सम्पन्न


अछाम । कम्प्युटर एशोसियसन महासंघ नेपाल जिल्ला शाखा अछामको साधारण सम्पन्नन भएको छ । जिल्ला शाखाको पाँचौँ साधारण सभा भर्चुअल रुपमा सोमबार सम्पन्न भएको छ ।

शाखाका अध्यक्ष नमराज न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाका प्रमुख अथिति क्यान महासंघ केन्द्रका सचिव हर्क सेट्ठी रहेका थिए । प्रमुख अथिति सेट्ठीले ९ जिल्लामा कैलाली र कञ्चन्पुर पछि पाँचौँ साधारण सभा सम्पन्न गर्नैजिल्ला भएको भन्दै राम्रो काम गरेर अघि बढ्न सुझाव दिए ।

क्यान महासंघले केन्द्रमा बिभिन्न सुचना प्रविधि सम्बन्धी काम गर्दै आईरहेकोले यसलाई सबै प्रदेश तथा जिल्ला तहमा पनि काम गर्नुपर्नेमा जोड दिए । अछाम जिल्लामा धेरै कुराको सम्भावना रहेकाले शाखाले स्थानिय निकायमा गतिलो उपस्थिती देखाउन आवश्यक रहेको बताए । त्यसरी नै शाखाका सदस्यहरुलाई क्रियाशिल बनाउन सक्रिय भएर लाग्न आग्रह गरे ।

कार्यक्रममा बिशिष्ट अथिति क्यान महासंघका केन्द्रिय सदस्य खेमराज ढुंगाना रहेका थिए । बिशिष्ट अथिति ढुंगानाले क्यान महासंघ सुदूरपश्चिमका सबै जिल्लामा बिस्तार भएको बताए । महासंघले सुचना प्रविधिीको क्षेत्रमा जसरी काम गर्नुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै आगामी दिनमा सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका अथिति क्यान महासंघ सुदूरपश्चिम प्रदेश सचिव धिरेन्द्र बोगटीले क्यान महासंघ सुदूरुपश्चिम प्रदेशले भर्चुअल र भौतिक रुपमा गरेर बिभिन्न कार्य गर्न सफल भएको बताए । आगामी दिनमा समेत सुचना प्रविधिको क्षेत्रमा थप कार्य अगाडी बढाउने उनको भनाई छ ।

कार्यक्रममा जिल्ला अध्यक्ष न्यौपानेले शाखाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष न्यौपानेले सभाको समापन गर्दै क्यान अछामले भौतिक रुपमा काम गर्न नसकेपनि भर्चुअल रुपमा शाखाले काम गरेको बताए । तर केन्द्रले गरेका हरेक कार्यक्रममा उल्लेख सहभागीता देखाएको बताए । साथै उनले आगामी दिनमा सुचना प्रविधीको क्षेत्रमा काम गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

शाखाका सबै पदाधिकारी रहेको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य पूर्ण बहादुर खड्काले राखेका थिए भने संचालन जिल्ला सचिव रमेश महरले गरेका थिए ।