मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोल्टीमा सौलियत पसल नहुदा उपभोक्ता महंगीमा

कोल्टीमा सौलियत पसल नहुदा उपभोक्ता महंगीमा


बाजुरा : दशै तिहार नजिकिए संगै ठाउँ ठाउँमा सरकारले सौलियत पसल सञ्चालन भएका छन। तर बाजुराको जिल्लामा त दशै तिहार नजिकिँदै गर्दा पनि सौलिहेत पसल नहुदा उपभोक्ता महंगो मुल्यमा सामान किनिरहेका छन ।

दशै तिहार सुरु हुन थाले संगै कोल्टी बजारमा सौलियत पसलमा कुनै सरकारवाला निकाय कुनै राजनीतिक दल प्रशासनको पनि यसका बिषयमा चासो नदेखिएको उपभोक्ताहरुको गुनासो रहेको छ ।

बाजुरा बासीले कहिले सम्म महंगीबाट कहिले मुक्ति पाउने भन्ने कुरा नसोचे पनि भयो ठुला ठुला सरहमा त दशै आयो सौलिएत पसल सञ्चालन हुन्छ भने हाम्रो कोल्टीमा खै कहिले सौलिएत पसल सञ्चालन भएर यस्तो महंगीबाट छुटकारा पाउने बुढिनन्दा नगरपालिकाका स्थानीय धनकृष्ण कामीले बताए ।

हाम्रो जस्तो बिकट ठाउँमा कोही गरिव होला कसैलाई बिहान खाएर बेलुका के खाउँ के लाउ भन्ने अबस्थाका पनि होलान तर यस्ताका लागि सरकारले त एक पटक सोच्नै पर्ने हो तर गाउँघरका मान्छेलाई त दशै तिहार लाग्छ तर छोराछोरी लागि कपडा तेल चामल आदि लगाएतका सामान हामी जस्तोका लागि सौलिएत पसल भएको भए धेरै सजिलो हुने कामीले बताएका छन ।