मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासन कार्यालय अछामले थाल्यो बजार अनुगमन

जिल्ला प्रशासन कार्यालय अछामले थाल्यो बजार अनुगमन


अछाम : दशैंको मुखमा हुन सक्ने कालोबजारी लगायतका बिषयमा नागरिकलाइ सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनुगमन थालेको छ। जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले आइतबार सदरमुकाम रहेको मंगलसेन बजारमा अनुगमन गरेको छ।

जिल्लाको सदरमुकामको मुख्य ब्यापारीक केन्द्र रहेको मंगलसेनमा तिमिल्सैना नेतृत्वको एक सर्बपक्षिय टोलिले अनुगमन गरेको हो । बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो ।

दसै तिहार नजिकिए संगै बजारमा अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए । बजारका विभिन्न पसल हरुको अनुगमन गर्दा ३ वटा पसल हरुमा म्याद गुज्रिएका सामाग्री फेला परेका थिए ।

उक्त सामाग्री हरुलाई नस्ट गरिएको छ । त्यस्तै ६ वटा पसल हरुलाइ पहिलो पटक सचेत गराइएको छ । अन्य पसल हरुको अवस्था सामान्य रहेकोे पाइएको छ । म्याद गुज्रिएका ,र नियम बिपरित सामान हरु बिक्री गरेको भन्दै एकजना ब्यापारी लाई ५००० रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमन टोलिमा उद्योग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञ प्रसाद ढुंगाना, पत्रकार सुशील भण्डारी ,घरेलु तथा साना उद्योग बिकास समिति अछामका जनक ढुंगाना, मंगलसेन नगरपालिकाको तर्फबाट तर्क भुल लगायतको उपस्थित रहेको थियो ।