मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?

मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?

सुदूर आज

काठमाडौं- एन्ड्रोइड र स्मार्टफोनको माग बजारमा दिनहुँ बढ्दो छ। स्मार्टफोन नहुने मानिस त निकै कम होलान्। स्मार्टफोन किन्नु अहिले ठूलो कुरा होइन। यसले हाम्रो दैनिकीलाई स्मार्ट बनाएको पनि छ। तर, स्मार्टफोनमा भाइरस घुसे निकै समस्या हुने गर्छ। भाइरस पस्दा फोन तात्ने, स्लो हुने, कुनै म्यासेज टाइप गर्दा फोनको स्पिड कम हुनेलगायत समस्या देखिन थाल्छन्। 

भाइरस पस्दा मोबाइलमा रहेका डेटा कहिलेकाही आफैं डिलिट हुने गर्छन्। कहिलेकाहीँ फाइल नै करप्ट हुने समस्या पनि हुन्छ। पहिले सहजै खोल्न सकिने फाइल भाइरसकै कारण नखुल्ने पनि हुनसक्छ।

एन्ड्रोइड फोनमा भाइरस आउने एक प्रमुख कारण हो, ब्याट्रीको कमजोरी। भाइरसका कारण फोनको ब्याट्री चाँडै कमजोर हुने गर्छ। मोबाइल २–३ वर्ष पुरानो भए ब्व्याट्रीकै पनि समस्या हुनसक्छ। यस्तो अवस्थामा ब्याट्री फेर्नुपर्छ।

इन्ड्रोइड फोनमा भाइरस पस्नुको अर्को कारण इन्टरनेट पनि हुनसक्छ। मोबाइलमा भाइरस पस्दा चाँडै डेटा खत्तम हुने जोखिम हुन्छ। फोनमा भाइरस हुँदा अपडेट पनि बढी लिन्छ।

पोस्टपेड उपभोक्ता भए मोबाइलमा भाइरस भएको खण्डमा बिल बढी उठ्ने जोखिम हुन्छ। किनकी भाइरसले फोनमा कुनै पनि सेवा एक्टिभ गरिदिएको हुनसक्छ, जुन हामीलाई थाहै हुँदैन। केही कुरा डाउनलोड भइरहेको पनि हामीलाई थाहा हुँदैन। त्यसैले मोबाइलमा भाइरस पसेको शंका भए समयमै मर्मत गरिहाल्नुपर्छ।