मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपतिबाट राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज, सरकार विस्तारमा सहज

राष्ट्रपतिबाट राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज, सरकार विस्तारमा सहज

सुदूर आज

काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले खारेज गर्न गरेकी छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश खारेज गर्न सिफारिस गरेको थियो।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले प्रधानमन्त्रीको सिफारिसमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ खारेज गरेको जानकारी दिएका छन् ।

सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक दल विभाजन सम्बन्धी सरकारले ल्याएको अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्यादेश खारेजीसँगै सरकार विस्तारका लागि सहज भएको । सत्ता गठबन्धन आबद्ध दल जसपाले अध्यादेश फिर्ता नभएसम्म सरकारमा नजाने अडान लिँदै आएको थियो । जसपाको अडानपछि सरकारले सो अध्यादेश फिर्ता लिएको हो ।

१ भदौमा ल्याइएको अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्‍याएर नयाँ दल खोल्न सक्ने खुकुलो व्यवस्था गरिएको थियो ।

सो अध्यादेश आएपछि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएको थियो । अध्यादेश फिर्ता नभई मन्त्रिपरिषद् विस्तार भए असन्तुष्ट नेताहरूले फेरी दल फुटाउने डर बढ्दै गएको थियो ।