प्रदेश समाचार

दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट

अछाम : पहुँच र सिर्जनाका लागि सहकार्य नेपाल वाक नपाल अछाम सन २०२१ मा दातृ निकायबाट संन्चालित कार्यक्रम कार्यान्वयन गर्ने उत्कृष्ट संस्था भएको छ ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको पश्चिम क्षेत्रिय कार्यालय अन्तरगत संचालित कार्यक्रम कार्यान्वयन गर्ने ९ वटा साझेदार संस्था मध्ये उत्कृष्ट कार्य सम्पादन गर्ने संस्थाको रुपमा वाक नेपाल सम्मानित भएको हो ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपालद्धारा उत्कृष्ट कार्य सम्पादन गर्ने संस्था छनौटका लागि तय गरिएका मापदण्ड तथा सुचकहरु पूर्ण रुपमा पुरा गरी वाक नेपाल बर्ष २०२१ को उत्कृष्ट कार्य सम्पादन गर्ने संस्थाको रुपमा सम्मननित हुन सफल भएको हो ।

वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल पश्चिम क्षेत्रिय कार्यालय धनगढीले एक कार्यक्रममा बिच सम्मान गरेको छ । वर्ल्डभिजन ईन्टरनेशनल नेपालका पश्चिम क्षेत्रिय कार्यालयका फिल्ड अपरेशन म्यानेजर चेतराज भट्टराईले वाक नेपालका अध्यक्ष बल बहादुर केसीलाई उत्कृष्ट अवार्ड प्रदान गरे ।

कार्यक्रममा ९ वटै साझेदार स्थानीय गैरसरकारी संस्थाका पदाधिकारीहरु र वर्ल्ड भिजन ईन्टरनेशनल नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

धामीले बालुवापानी खाने घटाल मेला, यस्तो छ किंवदन्ती
अछाममा जन्तीबाट फर्केको जिप दुर्घटना : ४ जनाको मुत्यु, १५ जना घाईते (अपडेट)
किशोर किशोरी तथा युवा स-शक्तिकरण परियोजनाबारे सरोकारवालालाई जानकारी
यस बर्षको पर्वले सबै नेता कार्यकर्ता र जनताको घरमा शुख, शान्ति र समृद्धी मिलोस् : सभापती स्वाँर