पर्यटन

विश्व पर्यटन दिवस २०२१ को अवसरमा रामारोशन अन्तरक्रिया कार्यक्रम

अछाम : विश्व पर्यटन दिवस २०२१ को अवसरमा रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्याबस्थापन समितीले विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।

“समावेशी विकासका लागि पर्यटन” भन्ने नाराका साथ भएको कार्यक्रमका सहभागिले रामारोशन बिकास र विस्तारका लागि सबै एकजुट भएर अघि बढनु पर्ने जोड दिएका थिए । रामारोशन क्षेत्रको प्रचारप्रसारका लागि सबैको भुमिका उत्तिकै भएकाले अब पर्यटन प्रबर्द्धनमा जोड दिनुपर्ने बताएका थिए ।

रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्याबस्थापन समितीका अध्यक्ष चक्र बहादुर रावलले यस अघि कोरोनाभाईरसको सँक्रमण तथा जोखिमका कारण कुनै कार्यक्रम हुन नसकेकाले अब निरन्तरता दिईने बताए । प्रचारप्रसारमा सबैको साथ सहयोगको आवश्यकता रहेकाले त्यस तर्फ सबैको ध्यान जानुपर्ने बताए ।

अध्यक्ष रावलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पुर्व केन्द्रीय महाधिवेशन आयोजक किमिटी सदस्य खडक सिह रोकाया प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा नेकपा एमाले रामारोशन गाउपालिका वडा नम्बर ५ का अध्यक्ष उदै बहादुर रोकाया, काग्रेसका वडा सभापति केशर बहादुर शाह, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष उदय बहादुर रोकाया, यशोदा उमाविका शिक्षक गोविन्द बहादुर साउद, निलकण्ठ माविका शिक्षक नर बहादुर रोकाया, पुर्व गाविस अध्यक्ष लाल बहादुर बुढा, प्रहरी चौकि ईन्चार्ज चन्द्र बहादुर साउद लगाएतका अतिथी रहेका थिए ।

कार्यक्रमको सन्चालन रामारोशन क्षेत्र पर्यटन विकास तथा ब्याबस्थापन समितीका कार्यकारी निर्देशक गंगा कुवर बुढाले गरेकी थिईन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पेट किन बढ्छ? कसरी घटाउने?
यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नाै प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
तपाईंको कम्प्युटरमा विन्डोज ११ छैन ? यसरी गर्नुहोस् नि:शुल्क डाउनलोड
२० अर्ब नयाँ नोट साटियो, साना दरका मात्र सवा ८ अर्ब