मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलमान खानले सुझाए विवाह नगर्नुका फाइदा

सलमान खानले सुझाए विवाह नगर्नुका फाइदा

सुदूर आज

मुम्बई- उमेरको एक समयसम्म सिंगल रहनु स्वभाविक मानिए पनि लामो समय विवाह नगरेपछि भने विभिन्‍न प्रश्‍नहर उठ्‍ने गरेका छन्। लामो समय विवाह नगर्दा एक पार्टनर अभाव महसुस हुने समय पनि आउँछ। तर, पछिल्लो समय कयौं पुरुष तथा महिलाहरु लामो समय अविवाहित नै रहने गरेका छन्। 

भारतीय चलचित्र उद्योगका सुपरस्टार सलमान खान पनि लामो समयसम्म अविवाहित छन्। उनले विवाह नगर्नुका कारण चार वटा फाइदा सुझाएका छन्। 

– बिग बोस १५ को लन्च इभेन्टमा सलमान अस्ट्रियाबाट भिडियो कलमार्फत जोडिएका थिए। यसक्रममा उनले सिंगल रहनुका फाइदाहरु बताए। उनले आफू र बिगबोसमा समानता भएको उल्लेख गर्दै भने, ‘हामी दुबै कुमार छौं। जसका कारण हामीलाई कसैको डर छैन। न त कसैले दखल दिन सक्छन्। हामी आफ्नो बोस आफैं हो। मेरो बिग बोससँग नै हो, यति लामो समयसम्म सम्बन्ध कायम रहेको। नत्र म सम्बन्धहरुमा लामो समय…।’ सलमानले जसरी सिंगल भएको बारेमा आफ्नो विचार व्यक्त गरेका छन्, यसबाट प्रष्ट हुन्छ कि उनी विवाह नगरेर नै खुसी छन्। 

– उनले एक्लै रहनुमा सुरुमा केही मुस्किल भए पनि विस्तारै समयसँगै एक्लै बस्‍ने बानी हुने बताएका छन्। एक अध्ययन अनुसार जो सिंगल रहने फैसाल गर्छन्, उनीहरु एक्लोपनसँग खासै डराउँदैनन्। उमेर बढेसँगै मानिसहरु आफ्नो लाइफस्टाइल मर्जी अनुसार बनाउन सक्छन्। 

– सम्बन्धमा रहेका व्यक्तिहरुको ब्रेकहप हुँदा निकै पीडित हुने गर्छन्।  डेटिङपछि पनि सम्बन्ध अघि बढाउने कुराले मानिसहरुलाई निकै तनाव दिने गर्छ। यस्ता किसिमका तनाव र चिन्ताबाट टाढा रहनका लागि कयौं मानिसहरुले सिंगल रहने फैसला गर्ने बताइएको छ।

– त्यसैगरि अविवाहित व्यक्तिहरुलाई आफ्नो स्वतन्त्रता अनुसार चल्‍न सक्छन्। उनीहरुलाई आफ्नो स्वतन्त्रतामा लगाम लाग्‍ने कुनै डर हुँदैन। मानिसहरु आफ्नो स्वतन्त्रता गुम्‍ने अथवा सम्झौता गर्नुपर्ने डरका कारण सिंगल रहने गरेका छन्। सम्बन्धमा रहँदा अथवा विवाहित हुँदा मानिसले आफ्ना विभिन्‍न चाहनाहरुमा लगाम लगाउनुपर्छ। तर, अविवाहितहरुका लागि भने त्यस्तो कुनै डर हुँदैन। – नवभारत टाइम्स