मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुरामा बारीको स्याउ चुल्लले खादा किसान चिन्तित

बाजुरामा बारीको स्याउ चुल्लले खादा किसान चिन्तित


बाजुरा : जिल्लाको पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न ८ को लमालबाँडा गेडा गाउँका किसानले बारीमा किसानले स्याउ लगाएर फलेर टिप्ने समय भएको बेला चुल्लुले खाएपछि किसान चिन्तित भएका छन ।

किसानले बारीमा २५ सय स्याउका बोट रोपेर केही खर्च चलाउनका लागि अलिकति भएपनि स्याउ लगाएर फलेर बजारतिर लिएर घरखर्च त टर्छ भन्ने आसा लागि रहेको थियो उनीहरुले भने स्याउ फुल्ने बेला हामी सबै खुसी लागि रहेको थियो तर फलेर पाक्ने समय सुरु भएसंगै चराले स्याउको दाना चुल्लुले खाएपछि सबै सोच हराएको किसानको दुखेसो रहेको छ ।

किसानले आफ्नो बारीमा केही आम्दानी होला अनि घरखर्च चलाउनु पर्ला भनी किसानले आफ्नो बारीमा स्याउ रोपेर फलिसकेका थिए तर फलेर टिप्ने समय भएको बेला भयो स्याउ पाक्ने समयमा चराले खाएर स्याउका दाना चुल्लुले प्वाल पारेर जमिन भरी झरेर देख्दा अचम्म लागेर आउँछ अब स्याउको कुनै आसा नगर्दा भयो बुढिनन्दा नगरपालिका वडा न ८ का किसान धन बहादुर कठायतले बताए ।

हामी किसानले अरु कुनै उपाय नभए पछि केही घरको खर्च लागि भएपनि बारीमा स्याउ लगाएका थियौ तर लगाएर हुर्काएर ठुला ठुला बोट बनाएर जसो तसो फलेर अब बजार लिएर बिक्री गर्नु पर्यो भनेर आसामा बसिरहेको थियौ तर रुखमा स्याउ रातो हुन नपाउदै अचानक खै कताबाट आएका चुल्लुले सखाफ बनाएपछि घर खर्च चलाउने सबै आस भरोसा हराई सकेको बुढिनन्दा नगरपालिका वडा ८ का अर्का स्थानीय डबल कठायतले बताएका छन ।

स्याउ लगाएर केही अाम्दानी गर्नका लागि धेरै नभएपनि अलिकति भएपनि स्याउ लगाएको थिए तर सानो बोट रोपेर ठुला हुदा सम्म मिहेत गरेर हुर्काईयो तर अहिले आएर फले खुसी नै लागेको थियो तर स्याउका दाना राताराता हुन नपाउदै चुल्ल आएर खाएपछि सबै खुसी नै हराएको बुढिनन्दा नगरपालिका वडा न ८ का स्थानीय गोपाल कठायतले जानकारी दिएका छन ।