मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

“प्रदेश रत्न पदक” पैचो पसल प्रा.ली.लाई

“प्रदेश रत्न पदक” पैचो पसल प्रा.ली.लाई

सुदूर आज

पहाडी र उच्च पहाडी क्षेत्रका कृषकहरु सँगको सहकार्यबाट अर्गानिक उत्पादनमा प्रभुत्व जमाउने हेतुले २०७१ सालमा स्थापना भएको,”पैचो पसल प्रा.लि” सबैको लोकप्रिय ब्रान्ड बन्दै गईरहेको छ । 

जीवन निर्वाहमुखि कृषि गरिरहेका किसानहरुको जीवनस्तर उकास्न पैचो पसल प्रा.लि’ले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै, लुम्बिनी प्रदेश सरकारले “प्रदेश रत्न पदक” पैचो पसल प्रा.लि.लाई प्रदान गरेको हो । 

उत्पादन स्थलमै पुगि किसानहरुको उत्पादन खरिद गरि बजारिकरण गरेको’ भन्दै प्रदेश सरकारले सम्मान र थप हौसलाको लागि उक्त पदक दिने निर्णय गरेको हो । ग्रामीण अर्थतन्त्रको बिकास र प्रबर्द्धनमा पैचो पसल प्रा.लि.ले विभिन्न कामहरु गर्दै आई रहेको छ । 

पैचो पसल प्रा.लि. ग्रामीण भेगका कृषकहरुबाट उत्पादित र सँकलित कृषिजन्य बस्तुहरु फुलफुल, तरकारि, दलहन, नगदेबाली, तथा जडिबुटीहरु खरिद गरि उपभोक्ताहरुलाई सुलभ मुल्यमा अर्गानिक बस्तुहरु प्रदान गर्ने नेपालकै पहिलो कम्पनी हो ।

गुल्मी जिल्लाको “बलेटक्सार” बाट सुरु भएको पैचो पसल प्रा.लि. गुल्मी, पाल्पा,अर्घाखाँची हुदैँ विभिन्न जिल्लाहरुमा बिस्तार हुने क्रममा अघि बढिरहेको छ । राम अविरल बिष्ट’बाट