मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थ्यायत खड्का एकता समाज अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

थ्यायत खड्का एकता समाज अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

सुदूर आज

एकता समाजको मातहतमा रहने गरी निकट भबिष्यमै कृषि सहकारीसंचालन गरिने

अछाम । थ्यायत खड्का एकता समाज अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । समाजका अध्यक्ष कृत बहादुर थ्यायतको अध्यक्षतामा बसेको बैठकले कार्य समिति पूर्न गठन गरेको छ ।

मंगलसेन नगरपालिका वडा नं. ७ जनाली बण्डालीको खोकैले गैरामा आज भएको भेला बाट पुन कृत बहादुर थ्यायत नै अध्यक्ष रहने गरी ५ सदस्यि कार्य समिती चयन गरेको छ । जसको उपाध्यक्षमा झंकर थ्यायत, सचिवमा पदम बहादुर थ्यायत, कोषाध्यक्षमा टेक बहादुर थ्यायत रहेका छन् ।

सदस्यमा बल बहादुर थ्यायत र मान बहादुर थ्यायतलाई सर्बसम्मत रुपमा चयन गरिएको छ । बैठकले अछाम जिल्लामा बिभिन्न ठाँउमा छरिएर रहेका एकता समाजका सदस्यहरुको सुची तयार गरी उनिहरुलाई सदस्यताका आगि आव्हान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले यसअघि २०७१ सालबाट गठित एकता समाजबाट जारी भएको ऋण असोज मसान्त भित्रै असुल गर्ने र समाजको राष्टिय बाणिज्य बैँक मंगलसेनमा खाता संचालन गर्ने निर्णय पनि गरेको छ ।

नेपाली कांग्रेस अछामका आमन्त्रीत सदस्य बिष्णु बहादुर खड्काको बिशेष उपस्थिती रहेको बैठकले एकता समाजको मातहतमा रहने गरी निकट भबिष्यमै कृषि सहकारी स्थापना गरी संचालन गरिने निर्णय पनि भएको समाजका सदस्य हर्क बहादुर खड्काले बताए ।

यस्तै आज थ्यायत खड्का परिवारको कुल देवता खाँडोबेतालको पुजा आजा पनि गरिएको परिवारका रजबार पदम बहादुर थ्यायतले बताए ।