राजनिति

एकीकृत समाजवादी सुदूरपश्चिमको संसदीय दलको नेतामा सोडारी चयन

धनगढी: माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी चयन भएका छन्।

नेकपा एमाले विभाजन भएपछि दोस्रो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन्।

नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका थिए। दलको सोमबार बसको पहिलो बैठकले वर्तमान प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रावल संयोजक रहेको कार्यदल बैठकमा सुदूरपश्चिम इन्चार्ज आफू रहेको भट्टको दाबी
कांग्रेसलाई ७, अरू दललाई एक राज्यसहित ६/६ मन्त्री
सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व
राष्ट्रपतिबाट राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज, सरकार विस्तारमा सहज