मुख्य समाचार

बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।

काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१०, २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।  

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् । 

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ ।  ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताए । रासस

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रावल संयोजक रहेको कार्यदल बैठकमा सुदूरपश्चिम इन्चार्ज आफू रहेको भट्टको दाबी
ईपीएलमा काठमाडौं र पोखरा भिड्दै
कांग्रेसलाई ७, अरू दललाई एक राज्यसहित ६/६ मन्त्री
पहिले रोकिएको काम बन्ने मेषको योग, समग्रमा यस्तो हुनेछ मंगलबार