प्रदेश समाचार

राष्ट्रिय जनगणना २०७८ सुपरिवेक्षक तालिम मंगलसेनमा सम्पन्न

अछाम : ‘मेरो गणना मेरो सहभागिता’ भन्ने मुल नाराका साथ राष्ट्रिय जनगणना सुपरिबेक्षक तालिम मंगलसेनमा सकिएको छ। भदौ २७ गते सूरु भएको २ दिने सुपरिवेक्षक तालिम २८ गते आज समापन गरिएको हो।

जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा भएको तालिममा जिल्ला स्तरीय जनगणना सहजिकरण समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुवँर प्रमुख अतिथि रहेका थिए।

समापन कार्यक्रममा जिल्ला जनगणना समन्वय समिति सदस्य प्रहरी नायब उपरिक्षक तुलसीराम अर्याल, अछाम बहुमुखु क्यम्पस प्रमुख छत्र बहादुर विष्ट, जिल्ला जनगणना अधिकारी श्री प्रकाश विष्ट, विनायक स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी ललित बहादुर बुढाको सहभागिता रहेको थियो।

यस्तै तालिममा साफेबगर स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी शंकर थापा, तुर्माखाद स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी टेक बहादुर साउद, मंगलसेन स्थानीय जनगणना कार्यालयका स्थानीय जनगणना अधिकारी लक्ष्मण बहादुर शाहीको समेत सहभागिता रहेको थियो।

जनगणना कार्य सम्बन्धी प्रकाश विष्टले जानकारी दिएका थिए भने सुरक्षा तथा अन्य सम्वेदनशिलता सम्बन्धमा प्रनाउ तुलसीराम अर्याल सहभागीलाइ जानकारी गराएका थिए।

कार्यक्रमको सन्चालन सहायक जनगणना अधिकारी एकेन्द्र बहादुर बोगटीले गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न