राजनिति

महाधिवेशन प्रतिनिधिमा युवा नेता अधिकारीको उम्मेदवारी घोषणा

अछामको शैक्षिक क्षेत्रको परिवर्तनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी

अछाम । नेपाली काँग्रेस अछामका समाजसेबी एबम बौद्दिक नेता पदमराज अधिकारीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा नेता अधिकारीले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्।

समाज परिबर्तन र जिल्लामा शैक्षिक मुद्दाका सवाल आवाज उठाउन आफ्नो उम्मेदवारी रहेको नेता अधकारीको भनाई। जिल्लामा अझै पनि शैक्षिक गुणस्तर माथि उठ्न नसकेको अवस्थामा आफुले त्यसका लागि पहल कमदी लिने उनले बताए ।

शिक्षा संगै अछामको स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास लगायतका क्षेत्रमा सुधार र विकासका लागि आफुले उम्मेद्धावरी दिएको उनको भनाई छ ।

समाजसेवामा समेत सक्रिय रहेका नेता अधिकारीले समाज परिर्वतनका लागि आफ्नो नियमित पेशा बाहेकको खाली समयमा राजनितिमा सक्रिय रहेर समाज परिर्वतनका लागि भुमिका खेल्दै आएका छन् ।

राजनीति आफ्नो लागि नभई पार्टीको नीति, विधि र पद्धतिमा रही समाजको न्यायको लागि राजानितिक गर्नु पर्छ भन्ने मान्यताले आफु अघि बढेको उनको भनाइ छ।

जिल्लाका शैक्षिक मुद्धाका सवालमा आवाज उठाउने, शिक्षकहरुका हकहित संगसंगै पार्टीको संगठन निर्माण र सुधारका लागि यसपटक पनि महाधिबेशन प्रतिनिधीमा उम्मेद्धवारी घोषणा गरेको उनले बताए । नेता अधिकारी यसअघि पनि महाधिबेशन प्रतिनिधी हुन्

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

रावल संयोजक रहेको कार्यदल बैठकमा सुदूरपश्चिम इन्चार्ज आफू रहेको भट्टको दाबी
कांग्रेसलाई ७, अरू दललाई एक राज्यसहित ६/६ मन्त्री
सुदूरपश्चिमका पालिकामा देउवा पक्षको वर्चस्व
राष्ट्रपतिबाट राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज, सरकार विस्तारमा सहज