प्रदेश समाचार

मंगलसेन र बान्नातोलीमा सुशासन पाठशालाको संस्थाको तर्फबाट अनुगमन

अछाम : मालिका बिकास संघको परिवर्तन परियोजनाद्धारा संचालीत सुशासन पाठशालाको संस्थाको तर्फबाट अनुगमन तथा मुल्याकंन गरिएको छ । संस्थाको परिवर्तन परियोजनाद्धारा संञ्चालित सुशासन पाठशाला संञ्चालन गर्ने नागरिक समाज संस्थाका प्रतिनीधीमा आएको परिवर्तन र अबस्थाको बारेमा अनुगमन गरिएको हो ।

टोेलिले मंगलसेन नगरपालिका वडा नम्बर ५ अन्र्तगत भाडेगडा टोलमा आरुपाटा कृषक समुह मार्फत संञ्चालित सुशासन पाठशाला र वडा नम्बर १२ बान्नातोली चिउरी टोलमा कोकीला कृषक समुह मार्फत सुशासन पाठशालाको अनुगमन सहीत प्रत्येक सदस्यसँग अन्तरक्र्रिया गरेको थियो । मालिका बिकास संघका उपाध्यक्ष राधा रावलको नेतृत्वमा गएको अनुगमन टोलि सामु २ वटै समुहमा सहभागी हुने सुशासन पाठशालाका प्रतिनीधी महीलाले आफ्नो क्षमता अभिबृद्धी सहीत नेतृत्वमा निकै उपलब्धी हासिल भएको बताउनु भयो ।

२ बर्षको अवधिमा नेपालको संविधान, सुशासन, मौलिक, हक, स्थानिय, प्रदेश र केन्द्र सरकारको काम, कर्तव्य र अधिकारको बारेमा जानकार बनेको बताएका थिए । हरेक निर्णायक तहमा महीला सहभागिता बढाउनका लागी आफुहरु अग्रसर भएको र योजना छनोट गर्ने विभिन्न चरणका बारेमा समेत जानकार बनेको भाटेगडा सुशासन पाठशालाका अध्यक्ष टंकेश्वरी टमट्टाले बताउनु भयो ।

आगामी दिनमा महीला दिदिवहीनीका हक अधिकारका लागी लागीपर्ने समेत उहाँले बताउनुु भयो । अनुगमन तथा छलफल कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर १२ का अध्यक्ष प्रेम बहादुर रावलले संस्था मार्फत भएको सुशासन पाठशाला मार्फत महीला दिदि वहीनीमा थुप्रै परिवर्तन आएका बताउनु भयो । आगामी ब्यक्तिगत भन्दा संस्थागत रुपमा महीला दिदिवहीनीका लागी आवश्यक पर्ने योजनामा बजेट विनियोजन गर्न तत्पर रहेको समेत बताउनु भयो ।

अनुगमनको क्रममा मालिका बिकास संघका उपाध्यक्ष राधा रावल र सचिव ज्ञानेन्द्र रावलले पाठशालामा ज्ञान लिएर मात्र नभई प्रत्यक्ष रुपमा लाभ हुने गरि सिकाईमा ल्याउनु पर्ने बताउनुु भयो ।

युरोपियन युनियनको आर्थीक सहयोग, डेनमार्कको गैह्रसरकारी संस्था डिसिए र मालिका विकास सँघ नेपालको परिवर्तन परियोजनमा मार्फत संञ्चालित कार्यक्रमको अनुगमनमा मालिका बिकास संघका उपाध्यक्ष राधा रावल, सचिव ज्ञानेन्द्र रावल, सदस्य सानु कुवर, मंगलसेन नगरपालिका वडा नम्बर १२ का अध्यक्ष प्रेम बहादुर रावल, परिवर्तन परियोजनाका संयोजक रतन बहादुर रावल, सामाजिक बिकास अधिकृत गोपिसिंह नेपाली, पत्रकार कमल रावल, मेनुका ढुगांना लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

थुकसम्म निल्न नमिल्ने जितिया व्रत
दातृ निकायकाे कार्यक्रम कार्यान्वयन गर्नेमा यस बर्ष वाक नेपाल उत्कृष्ट
विद्यालय नियमित सँन्चालन राख्नका लागि सबैले सोच्नु पर्छ
सर्बसम्बत नेतृत्व चयन गर्दै कांग्रेस कमलबजारको नगर अधिवेशन सम्पन्न