मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लण्डनको योनी संग्रहालयमा छाउपडीका कुरा

लण्डनको योनी संग्रहालयमा छाउपडीका कुरा


विश्वमा ऐतिहासिकदेखि लिएर आनन्ददायकसम्मका विभिन्न संग्रहालयहरू छन्। सबै संग्रहालयमा आखिरमा पाइने कुरा भनेको जानकारी हो, जसले बुझाइ फराकिलो पार्छ। लण्डनमा हालै खुलेको विश्वकै पहिलो भनिएको योनी संग्रहालयले भने महिलाका विषयलाई उजागर गरेको छ।

कुनै बेलाको तबेला बजारको रुपमा प्रख्यात लण्डनको क्याम्डेन टाउनमा रहेको संग्रहालयले नारी सशक्तीकरणका विभिन्न उपायहरूलाई प्रवद्र्धन गर्ने क्रममा महिनावारीका विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरेको छ। जहाँ नेपालको छाउपडी प्रथाबारे पनि सूचना तथा जानकारी छन्।

समुदायअनुसारको बुझाइ

पूर्वीय संस्कृतिमा योनीलाई सिर्जन तथा मातृ शक्तिको रुपमा लिइन्छ। विश्वका अन्य सम्प्रदाय तथा समुदायमा पनि नारी शक्तिलाई विभिन्न ढंगमा प्रस्तुत गरिएको पाइन्छ।

भारतको आसाम भएको कामाख्या योनीकै मन्दिर हो। स्वस्थानी पुरणका अनुसार सो मन्दिरमा सतीदेवीको योनी पतन भएको विश्वास गरिन्छ। सो मन्दिरमा योनी आकारको शिला छ र त्यसैमा पूजाअर्चना हुने गर्छ।

सो संग्रहालयले योगदर्शनको योनी आशनबारेमा पनि जानकारी पस्किएको छ। योगको विभिन्न आसनमध्ये एउटा आशन योनी आशन पनि छ। योनी मुद्रामा दुवै हातलाई योनी आकारमा राखेर प्रणायाम गर्दा शीरर स्थीर र मन शान्त हुने, नकारात्मक ऊर्जा समाम्त हुने विश्वास गरिन्छ।

उता प्राचीन मेसोपोटामिया सभ्यतामा मानिसहरूले योनीको आकारका माटाका स–साना आकृति जन्तरका रूपमा लगाउने चलन थियो। त्यसरी योनीको जन्तर बनाएर लगाउँदा दुष्ट आत्माबाट सुरक्षित भइने, महिलामा हुने बाँझोपन नहुने विश्वास गरिन्थ्यो।

सो संग्रहालयले योगदर्शनको योनी आशनबारेमा पनि जानकारी पस्किएको छ। योगको विभिन्न आसनमध्ये एउटा आशन योनी आशन पनि छ। योनी मुद्रामा दुवै हातलाई योनी आकारमा राखेर प्रणायाम गर्दा शीरर स्थीर र मन शान्त हुने, नकारात्मक ऊर्जा समाम्त हुने विश्वास गरिन्छ।

१७ औं शताब्दीको सुरुवातसम्म महिनावारी बुझाउने हालको प्रचलित अंग्रेजी शब्द ‘पिरियड’, ‘मेन्स्ट्रुयसन’ प्रयोगमा थिएनन्। विगतमा ‘कस्टम अफ वुमेन’, ‘मन्थ्ली सिकनेस’, ‘भिजिटर्स’, ‘फ्लावर्स’ आदि शब्दले महिनावारी बुझाइने गरेको संग्रहालयमा उल्लेख छ।

महिनावारी जनाउने हाल प्रचलित अंग्रेजी शब्द ‘मेन्सट्रुएसन’ ल्याटिन भाषाको ‘मेनिस’ बाट आएको मानिन्छ। जसको अर्थ महिना भन्ने हुन्छ।

विगतमा पोल्याण्डमा एउटा शब्द प्रचलनमा थियो, मेइसाउट्स। जसले तीन वटा कुरा जनाउँथ्योः चन्द्रमा, महिना र महिनावारी। सोही शब्द अपभ्रंश र परिमार्जित हुँदै हालको अंगे्रजी शब्द ‘मेन्सट्रुएसन’ बनेको मान्यता हो।

आखिर चन्द्रमाले पनि पृथ्वी परिक्रमा गर्न २७ दिन लगाउँछ भने महिनावारीको चक्र पनि २८ दिनमा पुरा हुन्छ।

प्राचीन कालमा ग्रिस, रोम र बेबिलोनमा चन्द्रमालाई देवीको मानिन्थ्यो र प्रजनन तथा मातृत्वको प्रतीकका रूपमा हेरिन्थ्यो भन्ने जानकारी पनि संग्राहलयमा छ।

महिनावारी उत्सव

जापानमा किशोरीको पहिलो महिनावारीलाई पारिवारिक उत्सवका रुपमा मनाइन्छ। यस अवसरमा विषेश परिकार साकिहान बनाउने गरिन्छ। सिमी मिसाइएको भातको विषेश परिकारलाई रातो पारिन्छ।

महिनावारीका बेला जाम्बियामा एक दिन, ताइवानमा तीन दिन र कोरियामा पनि महिनावारीका बेला महिलाले बिदा लिन पाउने नियम रहेको छ।

अफ्रिकी मुलुक कंगोको बाम्बुटी जनजातिमा, किशोरी पहिलोपटक महिनावारी हुँदा उनलाई चन्द्रमाको आर्शिवाद प्राप्त भएको विश्वास गरिन्छ। पहिलोपटक महिनावारी भएकी महिलालाई एउटा छाप्रोमा राखिन्छ।

उनलाई सो छाप्रोमा साथीहरू तथा आफन्तहरूले महिनावारीका बारेमा बताउँछन्। र, परम्परादेखि चलेको रितीरिवाज पुरा गरेपछि मिठामिठा परिकार बनाएर उत्सव मनाउने चलन छ।

विगतमा महिनावारीका बेला कसरी सरसफाइ गर्ने भन्ने ज्ञान महिलाहरूलाई थिएन। त्यही भएर महिनावारीका बेला महिलाले घुँडासम्म आउने रातो रंगको भित्री लुगा लगाउने चलन रहेछ। अनि महिनावारीको बेला हुने श्राव ‘पेटिकोट’मा लाग्ने रहेछ। यो प्रचलन चाहीँ युरोपको हो।

महिनावारीका बेला जाम्बियामा एक दिन, ताइवानमा तीन दिन र कोरियामा पनि महिनावारीका बेला महिलाले बिदा लिन पाउने नियम रहेको छ।

सामाजिक बन्देज

बोलिभियामा महिनावारी भएकी महिलाले बच्चा बोक्नु हुँदैन, बोकेमा बच्चा बिरामी हुन्छन् भन्ने ठानिँदो रहेछ।

डोमेनिकन रिपब्लिकमा महिनावारी भएका महिलाले लुगा धुन र नङमा पालिस लगाउन हुँदैन भन्ने प्रचलन रहेछ।

जापानमा भने महिनावारी भएका बेला महिलाले प्रसिद्ध जापानी परिकार सुसी बनाउनु हुँदैन भन्ने जनविश्वास छ। त्यो बेला बनाइको सुसीको स्वाद असन्तुलित हुन्छ भन्ने ठानिँदो रहेछ।

एसिया महादेशको घना जनसंख्या भएको मुस्लिमबहुल मलेसियामा भने महिनावारीका बेला महिलाले प्रयोग गर्ने प्याड वा टालोलाई त्यत्तिकै नफालीकन धोएर मात्र सफा पार्नुपर्ने चलन रहेछ। त्यसो गरिएन भने अनिष्ट तथा अशुभ हुने मान्यता रहेछ।

अमेरिकी महादेशको मेक्सिकोमा भने महिनावारी भएका बेला नाच्न नहुने भन्दारहेछन्। यदि त्यो बेला नाचेमा गर्भाशयमा नकारात्मक असर पुग्ने विश्वास गरिँदो रहेछ।

फ्रान्समा महिनावारीका बेला मायोनेस सस बनाउनु हुँदैन भन्ने प्रचलन रहेछ। यदि बनाइएमा त्यो जम्छ र बिग्रिन्छ भन्ने जनविश्वास रहेछ।

बेलायतमा भने महिनावारीका बेला नुहाउने बाथटबको तातोपानीमा डुबेर नुहाउनु हुन्न भन्ने आम बुझाइ रहेछ। तर बाथटबको आविष्कार र प्रचलन आधुनिक कालको देन हो। यो ऐतिहासिक प्रचलन नभए पनि अबचाहीँ पुरानै प्रचलनका रुपमा स्थापित रहेछ।

पोल्यान्डको केही गाउँमा महिनावारीको समयमा महिलापुरुषले सहवास गरे सहवास गर्ने पुरुषको मृत्यु हुनसक्ने आशंका गर्दा रहेछन्।

नेपालमा महिलाको महिनावारीलाई लक्षित गरीकन सफा र सुरक्षित शौचालय  चाहिन्छ भन्ने सोच विकास हुन सकेको छैन। किनभने महिनावारी भएका बेला सरसफाई व्यवस्थापन गर्न शौचालय आवश्यक हुन्छ।

अमेरिकामा भने महिनावारीका बेला क्याम्पिङ जानु हुन्न भनिँदो रहेछ। त्यसको कारण पनि शारीरिक स्वास्थ्यभन्दा पनि बढी अन्धविश्वास प्रेरित रहेछ। यदि महिनावारीको बेला क्याम्पिङ गइयो भने जंगली जनावरले रगतको गन्ध थाहा पाएर महिलालाई आक्रमण गर्न सक्छन् भन्दा रहेछन्।

नेपाल र महिनावारी

संग्रहालयमा नेपालको छाउपडी प्रथाका बारेमा पनि जानकारी प्रस्तुत गरिएको छ। नेपालको पश्चिमी जिल्लाहरूमा प्रचलनमा रहेको छाउपडी प्रथाअनुसार महिनावारी भएका बेला महिलालाई घरसँगैको सानो गोठजस्तो साँघुरो छाउगोठमा पठाउने चलन छ।

सो छाउगोठमा खानेपानी, सरसफाइ र सुरक्षाअभावका कारण महिलाको ज्यान लिने माध्यम बनिरहँदा सरकारले छाउगोठ राख्न नपाउने कानुन नै बनाएको छ। यद्यपि कानुनी बन्देज भए पनि छाउपडि प्रथाको अझै अन्त्य हुन सकेको छैन।

नेपालमा महिलाको महिनावारीलाई लक्षित गरीकन सफा र सुरक्षित शौचालय  चाहिन्छ भन्ने सोच विकास हुन सकेको छैन। किनभने महिनावारी भएका बेला सरसफाई व्यवस्थापन गर्न शौचालय आवश्यक हुन्छ।

महिलामैत्री शौचालयको अभावमा महिलाहरूले महिनावारी भएका बेला घरमै बस्नुपर्ने बाध्यता छ। जसले गर्दा उनीहरूको पढाई छुट्ने र पढाई निरन्तर हुन नपाउने सम्भावना हुन्छ।

विस्तारै सुगम क्षेत्रमा क्षेत्रमा अवस्था परिवर्तन हुँदै आएको छ। नपरपालिका तथा गाउँपालिकाले सामुदायिक सिकाई केन्द्रहरूमा महिला तथा पुरूषको लागि छुट्टाछुट्टैै शौचालयको व्यवस्था गर्नुपर्दछ, जसमा चुकुलको राम्रो व्यवस्था, प्याड व्यवस्थापन गर्न ढ्वाङ् (विन), पानी आउने धारा र हातधुने साबुनपानीको व्यवस्था हुनुपर्ने प्रावधानलाई जोड दिन थालेका छन्।

महिनावारीबारे कुरा गरौं

संग्रहालयले यौन शिक्षाका बारेमा विभिन्न निकायसँग मिलेर सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको आफ्नो बेबसाइटमा उल्लेख गरेको छ।

आधुनिक भनिएको लण्डनजस्तो शहरमा महिनावारी र यौनशिक्षामा अझै काम गर्न आवश्यक रहेका संग्रहालयको बुझाइ छ। यसले जतिसुकै शिक्षित तथा आधुनिक भनिए पनि महिनावारी र यौन शिक्षाबारे मान्छेहरू अझै कुरा गर्न धक मान्ने र धेरै महत्वपूर्ण जानकारीबाट वञ्चित रहेको देखाउँछ ।

संग्राहलयले अपिल गरेको छ– तपाईंको महिनावारी भए पनि नभए पनि महिनावारीका बारेमा साथी र परिवारसँग कुरा गर्नुस्। महिनावारी हुनु कुनै कलंक होइन, यो लाज मान्नुपर्ने विषय होइन। यसबारे खुलेर कुरा गर्नुस्।

के–के पाइन्छ संग्रहालयमा 

सार्वजनिक रूपमा चन्दा उठाएर सञ्चालनमा ल्याइएको उक्त संग्रहालयमा योनी आकारका किरिङ, डायरी, कलम, पोस्टकार्डहरू कोसेलीका रुपमा बिक्रीमा राखी तिनको माध्यमबाट सञ्चालन खर्च उठाउने योजना रहेको छ।

साथै, महिला सशक्तीकरण, प्रजनन् स्वास्थ्य, र यौन शिक्षाबारेका विश्व प्रसिद्ध पुस्तकहरूलाई पनि संग्रहालयले बिक्रीमा राखेको छ।