मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम

बादरको ग्याङ फाइट हुँदा थाइल्यान्डमा ट्राफिक जाम


काठमाडौं- थाइल्यान्डमा बादरको ग्याङ फाइट परेको भिडियो सार्वजनिक भएको छ। लकडाउनको बेला भोकाएका बादरहरू मुख्य सडकमा जम्मा हुँदा एकआपसमा ग्याङ फाइट परेको हो। 

यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ। यस ‘ग्याङ फाइट’ का दौरान बाँदरहरूको आवाज निकै ठूलो आएको थियो। जसले मानिसहरू डराएर गाडीभित्र नै लुकेका थिए।

यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित छ। सडकमा सयौ बादरको भीडजम्मा भएपछि ट्राफिक जाम भएको थियो। 

सयौ संख्यामा रहेका बादरको फाइट १ घण्टाभदा बढी समय चलेको थियो।

बादरको लडाई परिरहेको भिडियो बनाएका हुन खुन इतिफाटले। उनी घरको तेस्रो तलामा सफाई गरिरहँदा बादरको कोलाहल सुनेका थिए। उनले पछि बादरहरूको लडाईको फोटो भिडियो खिचेका हुन्। एजेन्सी