मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वेबसाइट नोटिफिकेसनबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

वेबसाइट नोटिफिकेसनबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

सुदूर आज

काठमाडौंः जब तपाईं कुनै वेबसाइट ब्राउज गर्नुहुन्छ, तब वेबसाइटले तपाईंलाई अलाउ र ब्लकको अप्सन देखाउँछ । यस्तो बेला तपाईंले जानेर वा नजानेर, अलाउ बटन थिच्नुहुन्छ। यसपछि तपाईंको स्मार्टफोन वा ल्यापटपमा त्यस्तो वेबसाइटको नोटिफिकेसनहरु आउन थाल्छन्।

वेबसाइटबाट आउने त्यस्ता नोटिफिकेसनको आवाज पनि एकदमै दिक्क लाग्ने किसिमको हुन्छ। तर चिन्ता नलिनुहोस्, आज हामी तपाईंलाई यस्ता नोटिफिकेसनलाई कसरी ब्लक वा बन्द गर्ने भनेर बताउँदै छौं। 

ल्यापटपमा 

ल्यापटपमा नोटिफिकेसन टर्न अफ गर्ने तरिका एकदमै सजिलो छ। 

सबैभन्दा पहिले क्रोम ब्राउजर खोल्नुहोस् र त्यसको दायाँ माथिपट्टी रहेको तीन वटा थोप्ला भएको मेनुमा क्लिक गर्नुहोस्। 

त्यहाँ Settingअप्सनमा जानुहोस्।

अब मेनुमा रहेको Privacy and Setting मा प्रवेश गर्नुहोस्।

थोरै स्रोल गरेर Site Setting मा क्लिक गर्नुहोस् र नोटिफिकेसनभित्र जानुहोस्।

त्यहाँ तपाईंले वेबसाइटका लिंकहरु देख्न सक्नुहुन्छ। अब आफूले नोटिफिकेसन ब्लक गर्न चाहेको वेबसाइटको अघि रहेको सानो डट एरो बटनमा क्लिक गरेर नोटिफिकेसनलाई ब्लक गर्न सक्नुहुन्छ।

मोबाइलमा 

मोबाइलमा रहेको क्रोम ब्राउजरको माथिल्लो दायाँ भागमा रहेको थ्री डट मेनुमा गएर क्लिक गर्नुहोस्।

त्यहाँ अप्सन रहेको Setting मा क्लिक गर्नुहोस् । त्यहाँभित्र रहेको Site Setting अप्सनमा क्लिक गर्नुहोस्।

त्यहाँ तपाईंले नोटिफिकेसन देख्न सक्नुहुनेछ । त्यो खोल्ने बित्तिकै शिरानीमा तपाईंले सम्पूर्ण नोटिफिकेसन ब्लक गर्ने  टोगल बटन देख्न सक्नुहुन्छ। 

तर यदि तपाईं इच्छा अनुसार साइटहरु अलाउ र ब्लक गर्न चाहनुहुन्छ भने तल गएर आफूले चाहेको वेबसाइटमा ट्याप गरेर नोटिफिकेसन बटनमा दबाउनुहोस् र ब्लक तथा अलाउ अप्सनमा छनौट गर्नुहोस्।