मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

टोकियो ओलम्पिकमा सुटिङकी कल्पनाको राष्ट्रिय कीर्तिमान

सुदूर आज

काठमाण्डाै – टोकियो ओलम्पिकमा सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

आज बिहान भएको छनोट चरणमा कल्पनाले आसाका सुटिङमा ६ सय १६ दशमलव ८ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । कल्पनाले आफ्नै नामको राष्ट्रिय कीर्तिमान भङ्ग गरेकी हुन् ।

उनले नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ६ सय १४ दशमलव ५ अङ्क जोड्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन । राष्ट्रिय कीर्तिमान बनाए पनि उनी फाइनल चरणमा पुग्न सकिनन् ।