मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको जयगढमा जमिन भासिँदा ३६ जनाको मृत्यु

भारतको जयगढमा जमिन भासिँदा ३६ जनाको मृत्यु

सुदूर आज

काठमाडौं- भारतको महाराष्ट्रस्थित रायगढमा भारी वर्षाका कारण जमिन भाँसिदा ३६ जनाको मृत्यु भएको छ।

जयगढ प्रशासनका अनुसार जमिन भाँसिदा ३६ जनाको ज्यान गएको र कयौ बेपत्ता भएका छन्।

जमिन भाँसिदा ज्यान गुमाएकाहरूमा ३२ जना तलाई क्षेत्र र ४ जना सखरसुतर क्षेत्रका रहेका छन्। जमिन भाँसिदा थप २३ जना जमिनभित्र दबिएको हुनसक्ने जयगढ प्रशासनले अनुमान गरेको छ।

प्रशासनले विपदमा परेकाहरूको उद्दार गर्न हेलिकप्टरको प्रयोग गरेको छ। प्रशासनका अनुसार जयगढका केही सडक पनि भाँसिएका छन्।

जमिन भाँसिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्। उनले पीडित परीवार र ज्यान गुमाएका परीवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

मोदीदे घाइतेहरूलाई ५० हजार रुपैयाँ दिने प्रतिवद्धता जनाएका छन्। भारतका गृहमन्त्री हमित शाहले जयगढमा भएको क्षतिका लागि दुःख व्यक्त गरेका छन्। – नेपालसमय