अर्थ

मेगा बैंक १२ औँ वर्षमा

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ । बैंकले ११औँं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँच बर्षे रणनीतिक योजना तयार गरेको बैंकको अध्यक्ष भोज बहादुर शाहले बताए ।

“हामीले हलोदेखि हाइड्रोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरूप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी भएको बैंकको रूपमा मेगा बैंक स्थापना भयो ।

त्यही मौलिकतालाई आत्मसात गर्दै हामीले नयाँ रूपमा बैंकलाई अगाडि बढाउने रणनीति तयार गरेका छौँ,” अध्यक्ष शाहले भने, “नेपाल राष्ट्र बैंकले प्राथमिकता तोकेको कृषि, ऊर्जा, साना तथा मझौला उद्योग र विपन्न वर्ग कर्जाका साथसाथै आयात प्रतिस्थापन गर्ने, निर्यात प्रबर्धन गर्ने, उत्पादनमुलक तथा रोजगारमुलक उद्योग व्यवसायमा मेगा बैंकको लगानी केन्द्रित गर्छौँ ।”

उनले देशमा व्यापार तथा रोजगारी सिर्जना गर्नका लागि साना मझौला उद्योगको विकास, विस्तार र वित्तीय साक्षरता विकासका लागि मेगा बैंकले आगामी दिनमा अन्य संघसंस्थासँग मिलेर अभियान संचालन गर्न लागेको बताए । 

“युवा वर्ग र वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वरोजगार बनाउन तथा वित्तीय पहुँच स्थापनाका लागि मेगा बैंकले विशेष भूमिका खेल्छ,” उनले भने, “मेगा बैंकको बितेको ११ वर्ष सिकाइ र उपलब्धिका वर्ष रूपमा रह्यो यो बीचमा बैंकले वित्तीय बजारमा छुटै पहिचान र ब्राण्ड बनाउन सफल भएको छ ।”

बैंककी सिईओ अनुपमा खुञ्जेलीले संस्थापक, सेयर धनीहरू, संचालक समिति, ग्राहकहरू, नियामक निकाय, कर्मचारीवर्ग र सरोकारवालाहरूको निरन्तर सहयोग र अटुट विश्वासका कारण ११ औँं वार्षिकोत्सवसम्म आइपुग्दा मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रामा सफलता हासिल गरेको बताइन् । बैंकले वित्तीय बजारमा छोटो समयमै अलगै पहिचान र ब्रान्ड बनाउन सफल भएकोमा खुसी लागेको बताइन् ।

११ वर्ष अगाडि देशको २८ औँ बाणिज्य बैंकका रूपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले हाल छैटौँ स्थानमा छ । २०७८ मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ४५ अर्ब र कुल कर्जा करिब १ खर्ब ४१ अर्ब रहेको छ । बैंकले १७ सय भन्दा बढी कर्मचारीबाट जोगादी दिँदै ५८ जिल्लामा फैलिएका १ सय ७८ शाखा सञ्जाल र १ सय ३७ वटा एटीएम, ३३ वटा एक्टेन्सन काउन्टर र ७१ वटा शाखारहित बैंकिङ सेवामार्फत १२ लाख ४० हजार भन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।

बैंकले ११ औँं वार्षिकोत्सवका अवसरमा सिन्धुपाल्चोक र मनाङका बाढी–पहिरो पीडितलाई १२ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सिन्धुपाल्चोकको हेलम्बुमा ७ लाख रुपैयाँ र मनाङको चामेका बाढी पहिरो पीडितलाई ५ लाख रुपैयाँ सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पहिले रोकिएको काम बन्ने मेषको योग, समग्रमा यस्तो हुनेछ मंगलबार
यी हुन् स्वस्थ जीवनका लागि अपनाउनुपर्ने १५ तरिका
मोबाइलमा भाइरस छ कि छैन भनेर कसरी पत्ता लगाउने?
विश्व पर्यटन दिवस २०२१ को अवसरमा रामारोशन अन्तरक्रिया कार्यक्रम