मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषी तथा पशु पालनलाई व्यावसायिक बनाउन पालिका सधैँ कृषकहरुको साथमा छ : अध्यक्ष शर्मा

कृषी तथा पशु पालनलाई व्यावसायिक बनाउन पालिका सधैँ कृषकहरुको साथमा छ : अध्यक्ष शर्मा


अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकामा कृषकहरुलाई सामाग्री वितरण गरिएको छ । साना ब्यवसायिक कृषि उत्पादन केन्द्र भैंसी पकेट बिकास कार्यक्रममा अन्तर्गत कृषकहरुलाई सामाग्री बितरण गरिएको हो ।

पालिकाका ५ वटा कृषक समुहका १ सय ५ जना कृषकहरूलाई मिल्क क्यान १ सय ५ थान, मिल्क बाल्टी १ सय ५ थान तथा घाँस काट्ने हेन्ड मेसिन च्याफ कटर ४० बितरण गरिएको हो ।

कृषी तथा पशुपन्छीका लागि तुर्माखाँद उपयूक्त क्षेत्र रहेको भन्दै पालिका अध्यक्ष पुष्पराज शर्माले उक्त सामाग्री बितरण गरिएको बताए । कृषकहरुलाई सहज होस् भनेर सामाग्री बितरण गरिएको उनले बताए ।

जनजिविकाका सवालमा पालिका सधैँ साथमा रहने उनले प्रतिबद्धता समेत बताए । गाउँपालिका अध्यक्ष शर्माको अध्यक्षतामा भएको सामाग्री वितरण कार्यक्रममा उपाध्यक्ष अमृता बुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर बुढा, वडा अध्यक्ष कविराम बयक, पशुसेवा शाखा प्रमुख जनक बहादुर बुढा लगायत कृषक समूहका सरोकारवालाहरूको रहोवरमा सामाग्री बितरण गरिएको हो ।