मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पञ्चदेवल विनायक नगरपालिकाद्धारा पत्रकार महासंघ अछामलाई ३ लाख बजेट बिनियोजित

पञ्चदेवल विनायक नगरपालिकाद्धारा पत्रकार महासंघ अछामलाई ३ लाख बजेट बिनियोजित

सुदूर आज

अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाले नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामलाई बजेट बिनियोजित गरेको छ । नगरपालिकाको नगरसभाले महासंघ अछामको निर्माणधिन भवनका लागि ३ लाख बजेट बिनियोजित गरेको हो ।

सोमबार भएको नगरसभाले महासंघ अछामले सुरु गरिरहेको भवन निर्माणमा सहयोग पुगोस् भनेर ३ लाख बजेट बिनियोजित गरिएको नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन् ।

संचार क्षेत्रको साझा संस्थाका रुपमा रहेको पत्रकार महासंघको भवन निर्माणका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्नेमा उपप्रमुख चलाउनेको जोड छ ।

यसअघि जिल्लाको मंगलसेन नगरपालिकाले ५ लाख, साँफेबगर नगरपालिकाले २ लाख बजेट बिनियोजित गरेको भएपनि अन्य गाँउ तथा नगरपालिकाबाट बजेट सम्बन्धी जानकारी प्राप्त नभएको महासंघ अछामले जनाएको छ ।