प्रदेश समाचार

पञ्चदेवल नगरपालिकाद्धारा बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित

अछाम । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिकाले बयालपाटा अस्पताललाई ५ लाख बजेट बिनियोजित गरेको छ । नगरपालिकाको नगरसभाबाट अस्पताललाई ५ लाख बजेट बिनियोजित गरिएको हो ।

सोमबार भएको नगरसभाले बयालपाटा अस्पतालको स्तर उन्नती र स्वास्थ्य सेवा संचालनमा सहयोग पुगोस् भनेर ५ लाख बजेट बिनियोजित गरिएको नगर उपप्रमुख अम्बिका चलाउनेले बताईन् ।

उनका अनुसार देशकै नमुनाका रुपमा रहेको बयालपाटा अस्पतालले बिगत १ दशक भन्दा बढी देखि निरन्तर यस क्षेत्रका जनतालाई निशुल्क गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरेको भन्दै बजेट बिनियोजित गरिएको हो ।

छाम बाजुरा तथा डोटीका पालिकाले पनि बजेट बिनियोजित गर्नु पर्नेमा उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता
पालिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न
सुदूरपश्चिम घर भएका डीआइजी प्रविण श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश
सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे