मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भावस्थामा यौन सम्बन्ध राख्नु कति सुरक्षित ?

गर्भावस्थामा यौन सम्बन्ध राख्नु कति सुरक्षित ?


दाम्पत्य जीवनको अनिवार्य हिस्सा हो, यौन । के भनिन्छ भने सुखद् यौन–जीवनले दाम्पत्य सम्बन्धलाई थप प्रगाढ बनाउँछ । अक्सर दम्पतीबीचको मनमुटाव, झै–झगडादेखि सम्बन्ध विच्छेदको कारणमध्ये उनीहरुको खराब यौन–जीवन पनि हो । यसर्थ, दम्पतीबीच हुने यौन सुखमय र आनन्दित हुन जरुरी छ ।

यद्यपि दम्पतीबीच हुने यौन सम्बन्धको पनि आफ्नै सीमा र सर्तहरु छन् । जस्तो कि, यौन क्रियाका लागि दुबैको उत्सुकता र सहभागिता आवश्यक हुन्छ । एकअर्काको इच्छा विपरित गरिने यौन क्रियाले भने हिंसाको रुप लिन्छ । यस्तो यौन क्रियाले दम्पतीबीचको प्रेम र विश्वासलाई कमजोर बनाउँछ ।

त्यसैगरी यौन सम्बन्धका लागि सबै समय अनुकुल हुँदैन । कतिपय क्षणमा महिलाहरु विभिन्न शारीरिक अवस्थाबाट गुज्रिरहेका हुन्छन् । त्यस्तो बेला यौन सम्पर्क गर्दा उनीहरुलाई पीडा हुनसक्छ ।

यस्तै एउटा चरण हो, गर्भावस्था । गर्भ रहिसकेपछि महिलाको शारीरिक अवस्था परिवर्तन हुन्छ, साथै मानसिक पनि । यस्तो अवस्थामा यौन क्रिया जारी राख्न हुन्छ वा हुँदैन ? गर्भावस्थामा गरिने यौन सम्पर्क कति सुरक्षित हुन्छ ?

किनभने गर्भावस्थामा महिलाले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । कामधन्दा, खानपान, स्वास्थ्यस्थिती सबैमा । यसबेला महिला मानसिक र शारीरिक रुपले स्वस्थ, तन्दुरुस्त, खुसी र सुखी हुन जरुरी हुन्छ । त्यसो भए के यस क्रममा उनीहरुले यौन सम्बन्ध बनाउन चाहिँ हुँदैन ?

विज्ञहरुका अनुसार गर्भावस्थामा यौन सम्बन्ध राख्न सकिन्छ । यद्यपि गर्भको चरण वा संवेदनशिलतालाई हेरेर कतिपय अवस्थामा भने यौन सम्पर्क राख्नु उचित हुँदैन । गर्भ रहेको पहिलो तीन महिना यसमा परहेज गर्नका लागि सुझाव दिइन्छ । किनभने यसबेला उनीहरुलाई संक्रमणको बढी जोखिम हुन्छ ।

गर्भावस्थामा बढ्छ चाहना

खासगरी हर्मोन्सको परिवर्तनका कारण गर्भावस्थामा महिलालाई सम्भोग गर्ने इच्छा तिब्र हुन्छ । तर, महिलाको शारीरिक अवस्था जटिल एवं संवेदनसिल छ भने यौन सम्पर्क गर्दा असुरक्षित हुन्छ ।

कुन महिनामा यौन सम्पर्क गर्नु सुरक्षित ?

पहिलो तीन महिनामा यौन सम्पर्क गर्दा गर्भपातको जोखिम बढ्छ । त्यसैले यतिबेला गरिने यौन सम्पर्क असुरक्षित हुनसक्छ । यसका साथै नवौ महिनामा पनि शारीरिक सम्पर्क गर्नु उचित नहुने बताइन्छ । यसबीचमा संयमित ढंगले यौन सम्पर्क गर्न सकिन्छ । यद्यपि मिशनरी पोजिसनमा भने उचित हुँदैन ।

शारीरिक सम्बन्ध बनाएको समयमा सरसफाई, सुरक्षा र पार्टनरको सुविधालाई ख्याल राख्नुपर्छ ।

कहिले असुरक्षित ?

यदि पहिला गर्भपतन भएको छ भने गर्भावस्थामा यौन सम्पर्क गर्न उचित हुँदैन । गर्भावस्थामा पेट दुख्ने, रक्तश्राव हुने स्थिती छ भने पनि यसमा परहेज गर्नुपर्छ । गर्भको बच्चामा कुनै जोखिम छ भने वा गर्भ कमजोर छ भने पनि यौन सम्पर्क गर्नु हुँदैन ।