मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वास्तविक्ता नबुझी गलत समाचार नलेख्न पालिका अध्यक्ष र कार्यालय प्रमुखको आग्रह

वास्तविक्ता नबुझी गलत समाचार नलेख्न पालिका अध्यक्ष र कार्यालय प्रमुखको आग्रह

सामान्य बिवाद समेत नभएको कुरालाई गलत अर्थ लगाईयो : पालिका अध्यक्ष एवंम कार्यालय प्रमुख


पालिका अध्यक्ष र कार्यालय प्रमुख बिच झगडा नभएको प्रेस विज्ञप्ती मार्फत स्पष्ट ।

अछाम । जिल्लाको ढकारी गाँउपालिकाले पालिका अध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृत बिच झगडा भएको भन्ने कुरा गलत भएको स्पष्ट पारेको छ ।

गााउपालिका अध्यक्ष धनबहादुर बुढा र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भाटले शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दे आफुहरु बिच झगडा भएको भनी केही संचारमाध्यम र सामाजिक सञ्जालमा आएको कुरा गलत भएको भन्दै आपत्ति जनाएका छन् ।

ढकारी गााउपालिकाका केही व्यक्तीले गुण्डागर्दीको शैलीमा कार्यालय समयमा मदिरा सेवन गरी कार्यालय प्रमुखलाई दादागिरी शैलीमा अपशब्द प्रयोग गरी गालिगलोजका साथै हातपात समेत गर्न खोजेकाले पालिकाका कर्मचारी घट्ना स्थलबाट ज्यान जोगाउन तर्फ गएको कुरालाई फरक ढंगले अर्थर्याइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

३ देखी ४ बर्ष पहिले पुराना योजनाको भुक्तानी नदिएको भन्दै कार्यालयमा तालाबन्दी गरी असहज बातावरण सिर्जना गरेको कुरालाई केही संचारमाध्यमले बंग्याएर प्रसारण र प्रकाशित गरेको भन्दै आपत्ति जनाईएको छ ।

झुटो कुरा प्रकाशन गर्नु अघि वास्तविक्ता बुझेर तथ्यपरक समाचार प्रकाशन प्रसारण गर्न आग्रह गर्दै पालिकाले आगमी दिनमा यस्ता गलत तथा भाम्रक समाचार नलेख्न आग्रह गरेको छ ।