मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बौद्धिक सम्पतीमा खेलवाड नगर्न गजल मञ्च अछामको चेतावनी (विज्ञप्ती सहित)

बौद्धिक सम्पतीमा खेलवाड नगर्न गजल मञ्च अछामको चेतावनी (विज्ञप्ती सहित)

'अछाम र अछामी स्रष्टालाई लक्षित गर्दे आएका अभिव्यक्ती प्रती गजल मञ्च अछामको आपत्ति'

सुदूर आज

अछाम र अछामी स्रष्टालाई लक्षित गर्दे आएका अभिव्यक्ती प्रती गजल मञ्च अछामको आपत्ति


अछाम
। अछाम गजल मञ्चले अछाम जिल्लालाई जोडेर सामाजिक सञ्जालमा आएका अभिव्यक्ती प्रति ध्यानाकर्षण भएको जनाएको छ । मञ्चले एक विज्ञप्ती जारी गर्दै जिल्लाका गजलकारहरुको रचना चोरी गर्ने र अछामलाई जोडेर अभिव्यक्ती दिएको भन्दै आपत्ती जनाएको हो ।

केही दिन यता अछाम जिल्लामा घर भएका गजलकार कमल संर्घष र मञ्चका अध्यक्ष जीवन सरोवर लगायत अन्य धेरै स्रष्टाका गजल र मुक्तकको नक्कल गरेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने सल्यान कला साहित्य परिषका अध्यक्ष भरत रोकाया उर्फ उक्सन आर्सीको अभिव्यक्ती प्रति मञ्च अछामले बोल्न बाध्य भएको विज्ञप्ती मार्फत जनाएको छ ।

मञ्चले वास्तवीकता नबुझेर अछाम र जिल्लाका स्रष्टामाथि भएको शाब्दीक प्रहारको विज्ञप्ती मार्फत घोर निन्दा गर्दै रचना चोरीको प्रमाण सार्वजनिक हुदाँ पनि कथित अभियान्ताहरले आरोपतिको पक्षमा वकालत गर्नुले पनि प्रश्च चिन्ह खडा गरेको छ विज्ञप्तीमा भनिएको छ ।

कसैको बौद्धिक सम्पतीमा खेलवाड नगर्न र त्यसको बचाउन गर्ने पक्षमा समेत नलाग्न अपित गर्दे मञ्चले सत्यको पक्षमा उभिने सामथ्र्य राख्न सबैमा अनुरोध गरेको छ । साथै अछामलाई जोडेर दिएका उक्त अभिव्यक्ती र रचनाको बिषयमा चित्तबुझ्दो जवाफ नदिए आवश्यक कानुनी बाटो अपनाईने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

६० र ७० को दशकमा अछाम जिल्लामा उदाएका गजलकारहरुको गजलको बिषयमा अछामले बोलिरहनु पर्ने अवस्था छैन, मञ्चका अध्यक्ष जविन सरोबर तथा सचिव मिन बाब्ल िमिलनद्धारा हस्ताषरित विज्ञप्तीमा भनिएको छ अब लगतै मञ्चको साधारण सभा गरी नेपाली गजल श्रीबृद्धीका लागि गतिबिधी संचालन गरिनेछ ।

मञ्चले अछाम जिल्लामा २०७१ सालमा आयोजनामा सम्पन्न भएको ऐतिहासिक अछाम गजल महोत्सवमा आएका कुराको समेत विज्ञप्ती मार्फत खण्डन गरेको छ । कपोकल्पीत र भाम्रक कुरा फैलाईएको भन्दै त्यस्ता हल्लाका पछि नलाग्न अध्यक्ष सरोवरले अपिल गरेका छन् ।