प्रदेश समाचार

अछाम बाट प्रकाशित हुने रामाराेशन दैनिक १५ बर्षमा प्रबेश

अछाम : जिल्लाको पमुख पर्यटकिय क्षेत्र रामारोशनको नाम रोशन गर्ने उदेश्यका साथ रामारोशन राष्ट्रिय दैनिक नाम दिएर सदरमुकाम मंगलसेन बाट निरन्तर प्रकाशन हुदै आएको अछामको पहिलो राष्ट्रिय दैनिक पत्रिका रामारोशन दैनिक शुक्रबार बाट आफ्नो १४ औ प्रकाशनको यात्रा पुरागरी १५ औ बर्षमा प्रबेश गरेको छ ।

बिभिन्न श्रोत साधनको अभावका बिचमा अछाम जस्तो विकट जिल्लामा आ.ब.२०६३/०६४ मा एक साप्ताहित पत्रिकाबाट यात्रा आरम्भ गरेको रामारोशन राष्ट्रिय दैनिक पत्रिका २०६६ सालबाट  लिगल साइजमा दैनिकरुमा प्रकाशित हुदै आएको छ । अछाम जिल्लाको एक मात्र पहिलो स्थाइ दर्ता प्रमाण पत्र प्राप्त पत्रिका जुन जिल्लाबाटै पहिलो पत्रिकाकोरुपमा हाल सम्म निरन्तर प्रकाशित हुदै आइरहेको छ ।

रामारोशन राष्ट्रिय दैनिक बिभिन्न आरोह अबरोहहरु पार गर्दै १४ बर्ष पुरा गरी शुक्रबार बाट १५ बर्षमा प्रबेश गरेको हो । गाँउ देखी जिल्ला सम्मका गतिबिधिहरुलाइ समाचारका माध्यमबाट समेटदै आइरहेको पत्रिकाले अझै परिस्कृत बनाउदै आगामी दिनहरुमा अछामी जनताको घर दैलोमा पुर्याउने योजना बनाएको छ ।

रामारोशन राष्ट्रिय दैनिक पत्रिकाको यात्रालाइ यहाँ सम्म पुर्याउन आवश्यक सुचना, आजका मिति सम्म बिज्ञापन,सुझाव,सल्लाह उपलब्ध गराइ सहयोग गर्नुहुने जिल्ला स्थित बिभिन्न गाँउ तथा नगरपािलका, सरकारी कार्यालय तथा संघ सस्थाहरु ब्यापारी लगाएत ब्यक्तिहरु दैनिक तथा बार्षिक पाठक बर्गहरु  राजनितिक दलका राजनितिकर्मिहरु आम संञ्चार कर्मिहरुप्रति रामारोशन दैनिक परिवारले धन्यवाद ब्यक्त गर्दे आगामी दिनमा आवाज बिहिनहरुका आवाज बन्ने प्रतिबद्धता साथ अघिढ्ने सबै पाठकवर्गमा जानकारी गराएको छ ।

पछिल्लो समय अछाम जिल्लामा संञ्चार माध्यमहरुको संख्यामा बृद्धि हुने क्रम बढे संगै रामारोशन राष्ट्रिय दैनिकले आफ्नो आगामि यात्रालाइ हालको भन्दा  फरक तरीकाले पाठक माझ ल्याउने प्रयास गरिरहेको छ । पत्रिकाले संञ्चालन गरेका सकारात्मक गतिविधिमा पाठक तथा शुभचिन्तकको सधै साथ र सहयोग रहने विश्वाश रामारोशन दैनिक परिवारले  गरेको छ । १५ बर्षको यात्रालाई पत्रकारिताको क्षेत्रमा नया आयामका साथ अघिबढ्ने योजना रामारोशन दैनिक पत्रिका ब्यवस्थापन पक्षले जनाएको छ ।

१४ बर्ष देखि निरन्तर पाठकलाई सुसुचित गर्दैआएको रामारोशन दैनिकलाई जिल्लाका महत्वपूर्ण ब्यक्तिहरुले शुभकामना दिएका छन ।

बार्षिक उत्सवको अवसरमा शुभकामना सन्देश दिनुहुदै अछामको सदरमुकाम मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले रामारोशन राष्ट्रिय दैनिक पत्रिकाले जिल्लामा संञ्चालन भएका हरेक सामाजिक अभियानमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिदै शुभकामना दिनुभएको छ । अछाममा पत्रिका पढ्नुपर्छ भन्ने बानीको विकास रामारोशन दैनिकले आजभन्दा १४ बर्ष अघि गरेकोमा खुसी ब्यक्तगर्दै यसले अझै आफ्नो नियमितता र गुणस्तरमा ध्यनादिनुपर्ने सुझाव दिनुभएको छ ।

अहिलेपनी विभिन्न समस्याका बाबजुत पत्रिकाको ब्यवस्थापन पक्षले निकै मेहनतका साथ पत्रिकालाई निरन्तरता दिएकोमा पत्रिकाको सक्रिय टिमलाई बधाई सहित शुभकामना दिनुभएको छ ।

जिल्लामा कोभिडको कारणले जनजिवन निकै प्रभावित भईरहेको बेलामा पनी रामारोशन दैनिक निरन्तर प्रकाशन गरेर आम नागरिकलाई सुसुचित गरेको स्मरण गर्दै नगर प्रमुख बोहराले समाजमा रहेका हरेक सामाजिक समस्याहरुको अन्त्य गर्न  पत्रिकाले महत्वपूण भूमिका खेलीरहेकाले आगामी दिनमा अझै आफ्नो यात्रालाई निखारेर अघिबढ्न सुझाव दिनुभएको छ । सदरमुकाम मंगलसेनमा आफ्नो प्रमुख केन्द्र बनाएर प्रकाशन भईरहेको रामारोशन दैनिकले अझैपनी समाजमा विभिन्न खालका बिकृति, सामाजिक कु सस्कार, बालबिवाह, जातिय छुवाछुत जस्ता समस्याहरु रहेकाले यस्ता  नराम्रा कुचलनको अन्त्य गर्न भूमीका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।

पत्रिकालाई शुभकामना दिदै मंगलसेन नगरपालिकाका नगर उप प्रमुख सरिता उपाध्ययले विभिन्न आरोह अबरोहका बिचपनी रामारोशन दैनिक पत्रिकाले दिएको नियमितताको प्रशंसा गर्दै यसले समाज परिवर्तनमा महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

समाजमा पछाडी परेका र पारिएका महिलाहरुका सवालमा रामारोशन दैनिकले गरेको कामको खुलेर प्रशंसा गर्नुभएकी उप प्रमुख उपाध्यायले आगामी दिनमा महिला, बालबालिका तथा जेष्ठ नागरिकका सवाललाई प्राथामीकता दिनुपर्ने बताउनुभयो ।

यही अवसरमा शुभकामना दिनुहुदै अछामका प्रमुखजिल्ला अधिकारी रुद्र बहादुर मल्लले अछाम जिल्ला जस्तो ठाउमा आजभन्दा १४ बर्ष अघि दैनिक पत्रिका संञ्चालन गरि यसलाई निरन्तरता दिनु आफैमा प्रशंसनिय कार्य भएकाले यसको जति प्रशंसा गरेपनी कमी नै हुने बताउनुभयो । पत्रकारिता समाजको आँखा भएकाले समाजलाई सहिबाटोमा हिडाउने त्यो काम रामारोशन दैनिकले गरेको आफुले पाएको प्रमुख जिल्ला अधिकारी मल्लको भनाई छ ।

पत्रिका १४ बर्षपुरागरी १५ बर्षमा प्रबेश गरेको अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाले अछाम जिल्लाको सबैभन्दा पहिलो पत्रिका रामारोशन दैनिकको निरन्तरता देखेर आफुलाई खुसी बनाएको बताउनुभएको छ ।

विभिन्न समस्याका बाबजुतपनी पत्रिका निरन्तर प्रकाशन हुनुलेपनी यसको महत्व र लोकप्रीयता बढेर गएको बताउनुभयो । आज भन्दा १४ बर्ष अघि संञ्चालनमा आएको पत्रिका यसरी निरन्तर आफ्नो कर्ममा उभिएको देख्दा खुसी लाग्ने गरेको भन्दै जनस्वास्थ्य अधिकृत ढुंगानाले यो यात्रालाई अझै मजबुत बनाएर निरन्तरता संगै गुणस्तरमा पनी ध्यान दिनुपर्ने सुझाव दिनुभएको छ ।

रामारोशन दैनिकले आजभन्दा ९ बर्ष अघि जिल्लामा संञ्चालन भएको खुल्ला दिशामुक्त अभियान, माहारीको रुपमा फैलिएको झाडापखाला, पूर्ण खोपयुक्त अभियान, साक्षर जिल्ला घोषण गर्ने अभियान देखी लिएर गत बर्ष देखी माहामारीको रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रणमा निकै ठुलो भूमीका खेलेको भन्दै खुलेर प्रशंसा गर्नुभएको छ । स्वास्थ्य कार्यालय संग निरन्तर सहकार्य गेरेर अघिबढेको यस पत्रिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथामिकता राखेर काम गर्न जनस्वास्थ्य अधिकृत ढुंगानाले सुझाव दिनुभएको छ ।

यस्तै पत्रकारीता क्षेत्रमा लामो अनुभव बटुलेका नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष तथा नेपाली काग्रेस अछामका पािर्ट प्रवक्ता वेदप्रकाश तिमीसलसैनाले अछाम जिल्ला जस्तो ठाउबाट रामारोशन दैनिक हरेक दिन यसरी दैनिकरुपमा निरन्तर प्रकाशन हुनुले अछामको ब्यवासायीक पत्रकारितामा महत्वपूर्ण भूमीका खेलेको बताउनुभयो ।

पत्रकार महासंघ अछामको दुईपक अध्यक्ष भईसक्नु भएका तिमीलसैनाले रामारोशन दैनिकले ब्यवसायीक पत्रकारितामा पु¥याएको योगदानको उच्च प्रशंसा गर्नुभएको छ । आगामी दिनमा ग्रामीण क्षेत्रमा लुकेर रहेका बिषय बस्तुलाई प्राथामीक राख्दै आफ्ना गतिविधि अगाडी बढाउन तिमीलसैनाले सुझाव दिनुभएको छ ।

अछामी संञ्चार जगतमा रामारोशन दैनिकले निकै महत्वपूर्ण काम गरेकाले यसरी ब्यावसायीक रुपमा निरन्तर प्रकाशन तथा प्रसारण भईरहेका संञ्चार माध्यामलाई स्थानीय सरकारलेपनी अनुदानको ब्यवस्था गर्नुपर्ने उहाको माग छ । अहिलेपनी समाजमा थुप्रै किसीमीका बदमासी भईरहेकाले यस्ता बिकृति बिसंगतीका बिरुद्ध शशक्त रुपमा कलम चलाउन तिमीलसैनाले सुझाव दिनुभएको छ ।

अछामको पहिलो पत्रिका रामारोशन राष्ट्रिय दैनिकलाई जिल्लाका विभिन्न पालिकाका जनप्रतिनिधि,राजनीतीक पार्टिका पधाधरीकारी, सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख , कलाकार, सामाजिक अभियान्ता तथा पत्रकारहरुले सुझाव तथा शुभकामना दिएका छन । 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालबालिका बेपत्ता
पालिका स्तरिय परिचयात्मक गोष्ठि कमलबजार नगरपालिकामा सम्पन्न
सुदूरपश्चिम घर भएका डीआइजी प्रविण श्रेष्ठलाई सेवामै राख्न सर्वोच्चको आदेश
सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे