मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका धेरै स्थानमा आज पानी पर्ने, चारओटा प्रदेशमा भारी वर्षाको सम्भावना

देशका धेरै स्थानमा आज पानी पर्ने, चारओटा प्रदेशमा भारी वर्षाको सम्भावना


गण्डकी र लुम्बिनी पुगेको मनसुन पश्चिम नेपाल पुग्नेक्रममा  

काठमाडौं । नेपालको पूर्वी भूभागहरुः प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा शुक्रबार प्रवेश गरेको मनसुन शनिबार गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको छ । मनसुन अब पश्चिम नेपाल प्रवेश गर्ने चरणमा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ । 

केही स्थानमा भारी वर्षा र थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकाले अहिलेबाट नै आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले गत वर्षको तुलनामा यो वषै धेरै वर्षा हुनेभन्दै सम्भावित क्षति न्यूनिकरणका लागि पूर्व तयारी गर्न आग्रह गर्दै आएको छ । 

यसैबीच, आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश  र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।