मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम केही ठाउँमा भारी वर्षा हुने

आजको मौसम केही ठाउँमा भारी वर्षा हुने


काठमाडौं – देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ। 

देशभरकाे माैसममा आंशिकदेखि सामान्य बदली भएको छ। थोरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल देशको पूर्व तथा मध्य भूभागमा उत्तरपश्चिम बंगालको खाडी र आसपास बनेको नयून चापीय क्षेत्रको प्रभाव रहेको छ। पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने छ। देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ। 

महाशाखाले केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। 

महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा भइरहने छ।