मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा एकदिनमै सुधार

नर्भिक अस्पतालमा उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा एकदिनमै सुधार

सुदूर आज

काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नवजीवनका संस्थापक अध्यक्ष दुर्गानाथ दाहालले एक दिनमै निशाको स्वास्थ्यमा सुधार आएको जानकारी दिए ।

भारतमा सवारी दुर्घटनामा परेकी निशा घिमिरेको आर्थिक अभावमा तीन वर्षदेखि उपचार हुन पाएको थिएन । नवजीवन परोपकार समाज र नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरीको प्रयासमा बिहीबारदेखि निशाको उपचार नर्भिक अस्पतालमा भइरहेको छ ।

निशाको उपचार गर्न नसकेपछि उनका बुबाले नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दाहाललाई खबर गरेका थिए । त्यसपछि दुर्गानाथले निशाको उपचार गर्ने पहल कदमी अगाडि बढाउँदै निशाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । 

त्यसपछि सो पोस्ट नर्भिक अस्पतालकी निर्देशक तथा नवजीवन परोपकार समाजकी प्रमुख संरक्षक मेघा चौधरीले देखेपछि उनले नर्भिक अस्पतालमा निशुल्क उपचार गरिदिने बताएकी थिइन् । 

नवजीवनले निशाको अवस्था थाहा पाएको दुई दिनमा अस्पताल लगिएको दुर्गानाथले बताए ।

सबै तस्बिरहरू : दुर्गानाथ दाहाल