मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लामा बिरामीलाई रगत चाहिए पहिलो सम्झिने नाम बन्यो ‘दारी ग्याङ’

जिल्लामा बिरामीलाई रगत चाहिए पहिलो सम्झिने नाम बन्यो ‘दारी ग्याङ’


दारी ग्याङ अछाम स्थापनाको १ बर्ष

अछाम । जिल्लामा दारी ग्याङ स्थापना भएको १ बर्ष पुरा भएको छ । समाज रुपान्तरणका लागि जनचेतना मुलक, सामाजिक तथा परोपकारी कार्य गर्ने उद्देश्यले स्थापना भएको दारी ग्याङको आज १ बर्ष पुरा भएको हो ।

सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको गैरराजनीतिक तथा सामाजिक संस्था दारी ग्याङ गत बर्ष आजकै दिन अछाममा पनि बिस्तार भएको थियो । समाजका परिर्वतनशिल युवाहरुलाई समेटेर स्थापना भएको १ बर्षको अवधिमा दारी ग्याङ अछामले विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ ।

मुख्यतया रक्तदानलाई बढी जोड दिएको समुहले सरसफाई कार्यक्रम, असाह्यलाई सहयोग लगायतका सामाजिक तथा परोपकारी काम गर्दै आईरहेको छ । दारी ग्याङ अछामले जिल्लामा ब्लड बैँक स्थापना नहुदाँ बिद्यमान समस्याका रुपमा रहेको रगत अभावलाई पूर्ती गर्ने कामलाई बढी जोड दिएको छ । जिल्लमा रगत अभावमा अस्पतालको शैयामा छट्पटाईरहेका बिरामीहरुलाई रगत उपलब्ध गराउने काम दारी ग्याङ अछामले गर्दै आईरहेको छ ।

जिल्लामा नेपाल रेडक्रस सोसाईटीले ब्लड बैँक तथा रक्तदानका लागि मुख्य जिम्मेवारका साथ पहल गर्नुपर्ने भएपनि त्यसो हुन नसक्दा रगत अभाव जिल्लामा सधैँ भईरहेको छ । कहिले आर्मी, पुलिस तथा कहिले अन्य सहयोगीलाई गुहार गरेर बिरामीले रगत माग्नु पर्ने अवस्थालाई दारी ग्याङले केही हद्सम्म कम गरेको छ ।

अस्पतालमा कुनै पनि बिरामीलाई रगत चाहिएमा हामीले सम्झिने भनेकै दारी ग्याङलाई हो स्वास्थ्यकर्मी छत्र साँउदले भने उहाँहरुको एकदमै छिटो रेस्पोन्सले बिरामीको ज्यान बचाउन मद्धत पुगेको छ । दारी ग्याङले पहल नगरेको भए रगत अभावमा कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुने उनको भनाई छ । ब्लडका लागि अन्य कुनैपनि संघसंस्थाले जिल्लामा खास्सै पहल नर्गदा समस्या भएको साँउदको भनाई छ ।

जिल्लाका अस्पतालहरुमा भर्ना भएका बिरामी कसैलाई पनि रगत आवश्यक परे आजभोली पहिलो सम्झीने नाम भनेको दारी ग्याङ भएको छ । कसैलाई रगत आवश्यक परे मलाई तुरुन्त फोन आउछ दारी ग्याङ अछामका संयोजक उमेश कुवँरले सुदूरआजसंग भने म साथिहरुसंग समन्वय गरेर त्यसको तत्काल परिपुर्ती गर्न तर्फ लाग्छु । जिल्लाका बयालपाटा र जिल्ला अस्पतालमा बिरामीलाई रगत आवश्यक परे आफुहरुलाई फोन आउने र त्यहि आधारमा समहुमा र सामाजिक सञ्जालमा पोष्ट गरेर रगत अभावलाई कम गराएका छौँ ।

संयोजक कुवँर भन्छन् जिल्लामा ब्लड बैँकको स्थापना हुनुपर्ने र त्यसका लागि नेपाल रेडक्रस सोसाईटीले पहल गर्नुपर्छ । ब्लड बैँकको स्थापना गर्नुपर्ने रेडक्रस अहिले मास्क बाढिरहेको छ कुवँरले भने मास्क त जहाँ त्यही सजिलै पाईन्छ ब्लड बैँक स्थापना गर्न तर्फ लागौँ । ब्लड बैँक स्थापना गर्न जिल्लाका राजनितिक दल, समाजसेवी, संघसंसस्था लाग्नुपर्ने र त्यसमा दारी ग्याङ अछामले पनि साथ दिने संयोजक कुवँरको भनाई छ ।

स्थापना भएको केही दिनमा गत बर्ष आत्मदाह गरेका सिद्धार्थ आउजीका परिवारलाई आर्थिक सहयोग गरेर अभियान सुरुवात गरेको दारी ग्याङ अछामले त्यसपछिका दिनमा बजार सरसफाई लगायतका सामाजिक कार्य पनि गर्दै आईरहेको छ । ४ बर्ष अघि सामाजिक संजालबाट सुरु भएको दारी ग्याङ नेपालका ३१ भन्दा बढि जिल्लाहरुमा बिस्तार भएको छ ।

आगामी दिनमा दारी ग्याङ अछामले रक्तदानको नियमितता संगै जिल्लाका पर्यटकीय स्थलको संरक्षण र प्रचार प्रसार गर्ने, सचेतना प्रदान गर्ने, प्राकृतिक विपतमा परेकालाई भौतिक, आर्थिक सहयोग गर्दै जाने र समान उद्देश्य बोकेका संस्थाहरुसंग सहकार्य गर्ने समूहका संयोजक कुवँरले बताए । उनका अनुसार समाजका विकृतिका विरुद्ध अभियान चलाउने लक्ष्य समेत दारी ग्याङको रहेको छ । दारी ग्याङ धनगढीका संयोजक दिनेश बोहराको पहलमा अछाम शाखा बिस्तार भएको थियो ।

दारी ग्याङ अछामको समुह ।

संयोजक : उमेश राणा कुवँर
सहसंयोजक : धिरज कुवँर
सचिव : नमराज भण्डारी
कोषाध्यक्ष : सुशिल भण्डारी
सहसचिव : दिनेश कुवँर
मिडिया संयोजक : पूर्ण खड्का
प्रविधि संयोजक : रमेश महर
सल्लाहकार : खेमराज ढुंगाना, अमित खड्का लगायतका अन्य सदस्य रहेका छन् ।