मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम सार्वजनिक(पूर्णपाठ)


धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख गंगाप्रसाद यादवले बिहीबार प्रदेश सभाको आठौं बैठकमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। 

उनले कोरोना महामारी नियन्त्रण र व्यवस्थापनमा केन्द्रित हुनु आगामी आर्थिक वर्षको पहिलो प्राथमिकता भएको बताएका छन्। नीति तथा कार्यक्रममा कोरोना संक्रमितको उपचार र महामारी नियन्त्रणका लागि स्वास्थ्य पूर्वाधारको निर्माण, औषधि, उपकरण र जनशक्ति व्यवस्थापनमा प्राथमिकता दिइने उल्लेख गरिएको छ। 

साथै कोरोना महामारीका कारण आर्थिक क्षेत्रमा परेको प्रभाव न्यूनिकरण गर्न बजेटलाई प्राथमिकता दिइने उल्लेख गरिएको छ। रोजगार गुमाएका युवाहरु, उद्यमी लगायतका सहुलियत कर्जा उपलब्ध गराइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेशभित्रका अस्पतालहरुको स्तरोन्नती एवं स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट कार्यक्रम ल्याउनुपर्ने र त्यसको १५ दिने अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानूनी प्रावधान रहेको छ। तर चालुवर्षमा निकै ढिलाइ गरी नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो।

प्रदेश सरकारको नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुस्