मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झरीमा पनि बजार अनुगमन जारी : मेल्लेखमा १ जनालाई ५ हजार जरिवाना, जयगढमा थप २ ट्रली अखाद्य बस्तु नस्ट

झरीमा पनि बजार अनुगमन जारी : मेल्लेखमा १ जनालाई ५ हजार जरिवाना, जयगढमा थप २ ट्रली अखाद्य बस्तु नस्ट


अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाका हरेक पालिकाका बजार क्षेत्रको अनुगमनलाई जारी राखेको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई निरन्तरता दिएका हो ।

सोही अन्र्तगत आज जिल्लाको मेल्लेख गाँउपालिकाका बजार अनुगमन गरिएको छ । अनुगमनमा प्रचलित कानून बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यावसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचविखनका लागि राखेका १ जना व्यावसायीलाई कारबाही गरिएको छ ।

ति ब्यापारीलाइ ५ हजार जरिवाना गरि सम्झाई बुझाई गरिएको छ भने अन्य पसलमा भेटिएका अखाद्य बस्तु नस्ट गरिएको छ। बजार क्षेत्रमा धेरै खाद्य सामग्री म्याद सकिएका भेटिएकोले सामना खरिद गर्दा प्रयोग गर्न सकिने अवधि अनिवार्य रूपमा हेर्नहुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यस्तै बान्निगढ़ी जयगढ़ गाउँपालिकामा शिल गरिएको १ पसलबाट थप २ ट्रली अखाद्य बस्तु नस्ट गरिएको छ। यस्तै जिल्लाका अन्य ठाँउमा उपभोक्ताको हित हनन् हुने कार्य भएगरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको छ ।

जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।