मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्लाको अनुगमन टोली तुर्माखाँद पुग्यो, ३ जना ब्यापारीलाई १७ हजार ५ सय जरिवाना

जिल्लाको अनुगमन टोली तुर्माखाँद पुग्यो, ३ जना ब्यापारीलाई १७ हजार ५ सय जरिवाना


अछाम : जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाका मुख्य ब्यापारिक क्षेत्रका बजार अनुगमनलाई जारी राखेको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई निरन्तरता दिएका हो ।

सोही अन्र्तगत आज जिल्लाको पूर्वी क्षेत्रमा रहेको तुर्माखाँद गाँउपालिकाका बजार अनुगमन गरिएको छ । सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमन जारी राखिएको तिमिल्सैनाले बताए ।

अनुगमनमा प्रचलित कानून बमोजिम व्यापार नगरेका, अनुमति नलिई व्यावसाय गरेका र म्याद नाघेका साथै अखाद्य सामग्री बेचविखनका लागि राखेका ३ जना व्यावसायीलाई कारबाही गरिएको छ । अनुगमनका क्रममा ३ जना ब्यापारीलाई क्रमश ७५००, ५०००/५००० का दरले जरिवाना गरिएको छ भने ४ जना ब्यापारी लाई सम्झाई बुझाई गरिएको छ।

१४ पसलबाट म्याद सकिएका अखाद्य बस्तु करिब १ लाख २० हजारको सामग्री नस्ट गरिएको छ। बजार क्षेत्रमा धेरै खाद्य सामग्री म्याद सकिएका भेटिएकोले सामना खरिद गर्दा प्रयोग गर्न सकिने अवधि अनिवार्य रूपमा हेर्नहुन समेत जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

यस्तै जिल्लाका अन्य ठाँउमा उपभोक्ताको हित हनन् हुने कार्य भएगरेको पाईएमा वा प्रचलित कानून विपरित व्यापार व्यावसाय गरेको जानकारी पाईएमा प्रशासनलाई खबर गर्न समेत आग्रह गरिएको छ । जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए ।

अनुगमनमा सहायक प्रजिअ तिमिल्सैना सहित घरेलुका प्रतिनिधि जनक ढुंगाना, वडा अध्यक्ष कविराम ब्यक, ससस्त्र प्रहरीका जयराम महत्रा, तुर्माखाँद प्रहरी चौकीका टेक बहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।