मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलिगाउ-लुँगाडा-गाँडेसिमल हुँदै कालागाउँ सडक बन्द

ओलिगाउ-लुँगाडा-गाँडेसिमल हुँदै कालागाउँ सडक बन्द


अछाम : २ हप्ताका लागि ओलिगाउ-लुँगाडा-गाँडेसिमल हुँदै कालागाउँ सडकमा सवारी साधन बन्द हुने भएका छन ।

मँगलसेन नगरपालिका वडा नम्बर ८ को बगरको खोलाको जिरो प्वाइन्ट देखि कालागाउँसम्म नियमित डोजर मार्फत सडम निर्माण भईरहेकाले २ हप्तासम्म वैकल्पिक बाटो प्रयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

मोटरसाइकल, जिप तथा टयाक्टरका साधन तत्काल मंगलसेन देखि ओलिगाउ-बलडाँडा हुँदै कालागाउँ र कालागाउँ हुँदै ठाटिखाँद हुदै मंगलसेन सडक मार्गको प्रयोग गर्न नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीद्धारा जारी गरिएको सुचना मार्फत आग्रह गरिएको छ ।

सडक हाल ९ मिटर चौडाई गर्ने कार्य भईरहेकाले सडक निर्माण गर्ने कार्यमा सहयोग गर्न सबै स्थानियलाई वडा नम्बर १० जुपुका अध्यक्ष नेत्र बहादुर रावल बताए ।