राजनिति

अछामबाट माननीय बोगटी र पूर्वमाओवादी बोहराको संघीय मन्त्री बन्ने चर्चा

धनगढी: शुक्रबार जनता समाजवादी पार्टीका १० जनालाई मन्त्री बनाइएको र एमालेका केही मन्त्रीहरुलाई हटाइएका कारण ७ वटा मन्त्रालयहरु खाली छन्।

जसमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आजै ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने थयारी थालेका छन्। 

त्यसका लागि अहिले बालुवाटारमा छलफल चलिरहेको छ। मन्त्रालयको जिम्मेवारी पूर्वमाओवादीलाई समेत दिने गरी गृहकार्य भइरहेको एक नेताले बताएका छन्। 

जसअन्तरगत सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट निक्लिएका अछामका झपट बोहोराको नाम पनि मन्त्री बन्ने लिस्टमा रहेको ती नेताले बताएका छन्। पूर्वमाओवादी नेता बोहोरा अछामका हुन्। 

यस्तै अछाम क्षेत्र नम्बर २ का एमाले बाट प्रतिनिधि सभा सदस्य यज्ञबहादुर बोगटीको नाम पनि मन्त्री बन्नेहरुको सूचिमा रहेको बताइएको छ।  

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कांग्रेसले भन्यो– होसियार ! शीतलनिवासको षडयन्त्र पोखरामा नदोहोरियोस्
पाँच पूर्वप्रधानमन्त्रीले भने– घरमा आगो लगाएर खरानी नबेचौँ
को हुन् गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली?
कांग्रेस महाधिवेशन भदौ १६ बाट