मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा एक हप्ताका लागि कोभिड र आकस्मिक बाहेकका सेवा बन्द

बयालपाटा अस्पतालमा एक हप्ताका लागि कोभिड र आकस्मिक बाहेकका सेवा बन्द

सुदूर आज

अछाम । जिल्लाको बयालपाटा अस्पतालले आकस्स्मिक र कोभिड १९ बाहेकका बन्द गरेको छ ।

अस्पतालमा कार्यरत धेरै कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना भाईरस कोभिड १९ को संक्रमण देखिएपछि आज देखि एक हप्ता सम्मका लागि अन्य सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीमा संक्रमण बढी देखिएपछि यसको संक्रमण समुदायस्तरमा फैलिन सक्ने भन्दै एक हप्ताका लागि अन्य सेवा बन्द गरिएको अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देश डा. मन्दीप पाठकले बताए ।

बयालपाटा अस्पतालबाट गएको पहिलो र दोश्रो पटक स्वाब संकलन गरि कमलबजार पठाईएका मध्ये पहिलोमा २८ मा २८ र दोश्रो पटक १६ मा १४ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो ।